
मेचीनगर, २० भदौ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापा क्षेत्र नं. १ बाट रविन कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने सर्वसम्मतले निर्णय भएको छ ।
सोमबार काँकरभिट्टामा नेकपा एमाले झापा क्षेत्र नं. १ को क्षेत्रीय संमन्वय समितिको वैठकले झापा क्षेत्र नं. १ बाट रविन कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने सर्वसम्मतले निर्णय गरेको हो ।
क्षेत्र नं. १ को क्षेत्रीय संयोजक टिकाराम मंग्रातीको अध्यक्षतामा बसेको वैठकले रविन कोइरालाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।
Discussion about this post