मेचीनगर, १६ असोज । बडा दशैँको अवसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संघ र संगठन मेचीनगरको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि होटल व्यवसायी संघ मेचीनगरले हात पारेको छ ।
होटल व्यवसायी संघले आयोजक नेपाल यातायात स्वतन्त्र मजदुर संघलाई ०–५ गोलको फराकिलो अन्तरले विजयी भएको थियो ।
विजेता होटल व्यवसायी संघले प्रथम पुरस्कारको रुपमा २० केजीको खसी हात पारेको थियो । प्रतियोगिताभरि राम्रो खेल्ने खेलाडीलाई आयोजकले २ केजी कुखुराको भाले प्रदान गरेको थियो ।
प्रतियोगिताका विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य खडानन्द भण्डारी, एमाले मेचीनगर–६ का वडा सचिव राजु पौडेल, होटल व्यवसायी संघ मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ लगायतले खसी र भाले प्रदान गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संघका मेचीनगर अध्यक्ष विशाल तामाङले बताए ।
Discussion about this post