झापा, १६ असोज । दशैँको आज सातौं दिन । आइतबार घरघरमा फूलपाती भित्राइँदैछ ।
घटस्थापनाका दिनदेखि दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको पूजा घर वा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।
फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।
‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ ।
Discussion about this post