२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेची ब्याडमिन्टन क्लबको पद हस्तान्तरण

अशोज २८, २०७९, १०:३८ .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २८ असोज । मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले खेलकुद क्षेत्रले मेचीनगरलाई चिनाएको बताएका छन् ।

शुक्रबार काँकरभिट्टा स्थित सामुदायिक हलमा मेची ब्याडमिन्टन क्लबको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले स्वास्थ्य रहेर मात्र होइन पहिचान र राष्ट्रका लागि मेचीनगरका खेलाडीहरु अग्र भागमा रहेको बताए ।

‘पहिला रोलिङ क्लब धुलाबारी देशमै चर्चित थियो’, मेयर बुढाथोकीले भने–‘अहिले फुटबल, ब्याटमिन्टन, क्रिकेट, कराते लगायतका क्षेत्रमा मेचीनगर अब्बल रहेको छ ।’

उनका अनुसार पछिल्लो समय जग्गाको भाउ बढेपछि खेलकुद मैदानको अभाव हुन थालेको छ । त्यसको अध्ययन र अवलोकन गरेर खेलकुद मैदानको संरक्षण गर्ने उनले बताए ।

‘खेलकुद क्षेत्रको माथिल्लो निकाय गुटबन्दी धेरै हावी हुन थालेको छ’, मेयर बुढाथोकीले भने–‘ जिल्लामा पनि त्यस्तै छ । खेलकुद क्षेत्रलाई स्वस्थ राख्न सबै एकजुट हुनु पर्छ ।’
उनले क्लबको विरासतलाई धुमिल हुन नदिन नयाँ कार्य समितिलाई बधाईसहित शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, मेचीनगर–६ का वडाध्यक्ष एवम् क्लबका पूर्व अध्यक्ष ललितबहादुर तामाङ र क्लबका नर्वनिर्वाचित अध्यक्ष ओमप्रकाश दाहालले प्रतिवद्वतासहितको शुभकामना मन्तव्य राखेका थिए ।

क्लबका पूर्व अध्यक्ष तामाङले यहिँ उत्पादन भएका खेलाडीहरु अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याटमिन्टनमा खेलिरहेको बताए । नेपाली सेनाबाट अमिता गिरी, जेसिका गुरुङ र सुनिना मुखिया, त्यस्तै सशस्त्र प्रहरीबाट प्रनिश ठकुरी र नेपाल प्रहरीबाट गौरव दाहालले अहिले पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगितामा भाग लिइरहेको उनको भनाई छ ।

कार्यक्रममा क्लबका पूर्व उपाध्यक्ष विष्णुप्रसाद सिटौला, सामाजिक अगुवा सोमराज ढकाल, जिल्ला फुटबलका प्रशिक्षक दीपक कार्की, सशस्त्र प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठ, प्रहरी निरीक्षक अनिल माबोहाङ्ग लगायत खेलाडीहरुको सहभागिता रहेको थियो ।

क्लबको अध्यक्षमा ओमप्रकाश दाहाल, वरिष्ठ उपाध्यक्षमा रुपेश मगर, उपाध्यक्षमा दीपक घिमिरे, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा डिल्लीराम काफ्ले र कोषाध्यक्षमा हरिबहादुर सिग्देल तथा सदस्यहरुमा रविन सुवेदी, सन्तोष कार्की, आमेप्रकाश दुलाल, अशोककुमार राई र आशिस गजमेर छन् ।

क्लबको १५ सदस्यीय समितिमा वडा अध्यक्ष पदेन सदस्य र ४ जना पछि मनोनित गरिने जनाएको छ ।

निर्वाचन समिति संयोजक दीपक पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रको स्वागत क्लबका पूर्व सदस्य नरबहादुर खड्का र सञ्चालन निर्वाचन समितिका सदस्य हस्तबहादुर आङदेम्वेले गरेका थिए ।

पछिल्लो समाचार

एमाले झापा : घिमिरेको सदस्यता फुकुवा, गिरी निष्काशित

अघिल्लो समाचार

राससमा २२ पत्रकार हटाईएकोमा सर्वत्र विरोध

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.