मेचीनगर, ५ मंसिर । झापा क्षेत्र नं.१ मा ८१ हजार ७ सय ६४ मत खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाका अनुसार झापाका अनुसार क्षेत्र नं.१ मा ८१ हजार ७६४ मत खसेको छ ।
मतदान गर्नेमा ३९ हजार ४२८ पुरुष र ४२ हजार ३३६ जना महिला मतदाता रहेको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत टंकबहादुर महतले झापा क्षेत्र नं. १ मा १ लाख २० हजार ८८४ मतदाताले मतदान गरेको बताए ।
त्यसमध्ये झापा–१ मा जिल्ला कारागार झापाका १४० जना कैदीबन्दी र ३६१ जना अस्थायी कर्मचारीले समानुपातिकका उम्मेदवारलाई मतदान गरेको उनको भनाई छ ।
झापा क्षेत्र नं.१ मा ६७ दशमलव ८४ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
आइतबार राती मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले दिएको तथ्याङ्क गलत भएको छ ।
Discussion about this post