मेचीनगर, ५ मंसिर । झापा निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ८१ हजार ७६४ मत खसेको छ ।
विहान ९ बजे सर्वदलीय बैठक बसी दिउँसो २ः३० बजेदेखि प्रतिनिधिसभा प्रत्यक्षतर्फ २ ठाँउमा मतगणना सुरु भएको छ । प्रदेशसभा १ को एक ठाँउबाट पनि मतगणना सुरु हुन लागेको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए ।
त्यस्तै प्रदेशसभा २ को पनि एक ठाँउ थप गरी मतगणना सुरु गरिने उनको भनाई छ ।
मेचीनगर–८ को ख, ग र घ केन्द्रको आदर्श मावि तथा क र ख को मेची विद्योदय, मेचीनगर–७ ख को अरनिको मावि, मेचीनगर–१० धुलाबारी मावि ग, ख को महानन्द मावि र प्राथमिक स्वास्थ्य केन्द्र, मेचीनगर–१५ को कालिका मावि, मेचीनगर–१३ को घ को शहिद दशरथ चन्द मावि, मेचीनगर–११ ख को भानु निमावि मतदान केन्द्रको बाकसको मतपत्र खोलिएको छ ।
यो निर्वाचन क्षेत्रमा १ लाख २० हजार ८८४ मतदाता रहेका थिए । यस क्षेत्रमा आइतबार ४५ मतदान स्थलका १३५ केन्द्रमा मतदान भएको थियो ।
यो क्षेत्रमा मेचीनगर नगरपालिकाको १५ वटै वडा, बुद्वशान्ति गाँउपालिकाको ४, ५, ६ र ७ नम्बर वडा र भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडा पर्छन् ।
Discussion about this post