मेचीनगर, ५ मंसिर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
७७०७ मत गनिसक्दा शर्माको १७७६ र नेकपा एमालेका तर्फबाट अग्नी खरेलले ११४७ मत ल्याएका छन् । शर्मा र खरेलको मतान्तर ६२९ रहेको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का होमराज भण्डारीले ३५४, जनता समाजवादी पार्टी नेपालको ढल्केको छाताको १०, मौलिक जरोकिलो पार्टीको किवोर्डसहितको कम्युटर चिन्हको ७, लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिन्हको ४१, हाम्रो नेपाली पार्टीको लौरो चिन्हको १३, नेपालका लागि नेपाली पार्टीको गोलाकारभित्र शंखको १०, संघिय लोकतान्कि राष्ट्रिय मंचको दापसहितको खुकुरीको ५, स्वतन्त्रको विकास राजबंशीको क्रस खुकुरीको ३ र मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भाले चिन्हले ८५ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
Discussion about this post