मेचीनगर, ५ मंसिर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले अग्रता लिएका छन् ।
१६०२ मत गनिसक्दा तामाङको ६२२ र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले ६०१ मत ल्याएका छन् । तामाङ र कोइरालाको मतान्तर २१ रहेको छ ।
यता जनता समाजवादी पार्टीको ढल्केको छाताको ३७, मौलिक जरोकिलो पार्टी नेपालको किवोर्डसहितको कम्युटर चिन्हको ७, लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिन्हको ११ र मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भाले चिन्हले २३७ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
Discussion about this post