मेचीनगर, ६ मंसिर । झापा–१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ७ हजार मतान्तरले अग्रता लिएका छन् ।
मंगलबार साँझसम्म गनेको ३६ हजार ६६४ मतमध्ये शर्माले १९ हजार २९३ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले ११ हजार ९७९ मत पाएका छन् । शर्माले खरेलले भन्दा ७ हजार ३२४ मत पाएका हुन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ३ हजार ९४२ मत पाएका छन् ।
Discussion about this post