मेचीनगर, ८ मंसिर । मेचीनगर नगरपालिकाले नयाँ दमकल खरिद गरेर ल्याएको छ ।
नगरको बजेटबाट ५९ लाख ७७ हजार ७०० मा आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
‘विगतमा एउटामात्रै दमकल हुँदा नगरमा आगलागीबाट ठुलो क्षति ब्यहोर्नु परेको थियो’, नगर प्रमुख बुढाथोकीले भने –‘त्यसलाई न्यूनीकरण गर्नका लागि मेचीनगरमा नयाँ दमकल खरिद गरिएको हो ।’
म्याप इन्टर क्लिनर्स प्रालि काठमाडौंबाट ३५ सय लिटर पानी ५ सय फम क्षमताको नयाँ दमकल खरिद गरिएको आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीले बताए । योसँगै अब मेचीनगरमा दुईवटा दमकल भएको छ ।
Discussion about this post