७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा गठबन्धन : कांग्रेसबाहेक सबै दलहरु पराजित

मंसिर ९, २०७९, १०:०२ .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

झापा, ९ मसिंर । २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको चुनावमा झापामा निल भएको नेपाली कांग्रेसले यसपटक खाता खोलेको छ ।

०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा नेकपा (एमाले–माओवादी) र राप्रपाको गठबन्धनले झापा कव्जा गरेको थियो ।

झापा क्षेत्र नं.१ मा राम कार्की, २ मा पवित्रा खरेल, ३ मा राजेन्द्र लिङ्देन, ४ मा एलपी साँवा र ५ मा केपी शर्मा ओली प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । प्रदेशमा पनि गठबन्धनले नै जितेको थियो ।

यसपटक पनि भर्खरै सम्पन्न आम निर्वाचनमा झापामा नेपाली कांग्रेस निल हुनबाट जोगिएको छ भने नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी निल भएका छन् ।

यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा झापामा कांग्रेसले प्रतिनिधिसभा सदस्यमा एउटा र प्रदेशसभा सदस्यमा २ वटा सिट मात्र हात पारेको छ ।

झापा क्षेत्र नं.१ बाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा सदस्यको एकसिट सुरक्षित गरेका छन् ।

कांग्रेसबाट प्रदेश सभा सदस्यमा झापा–१ बाट गोपाल तामाङ तथा झापा–३ (१) बाट भूमि राजबंशी निर्वाचित भए ।

नेकपा माओवादी केन्द्रले झापाबाट प्रदेशसभा सदस्यमा ४ जना र एकिकृत समाजवादी पार्टी (एस)ले १ जना उम्मेदवार उठाएको थियो ।

माओवादीले झापा–१ मा श्यामबिर लिम्बु, झापा–३ मा पूर्णप्रसाद राजबंशी, झापा–४ मा झलकबहादुर मगर र झापा–५ मा रेवतराज पुरी (गगन) लाई उम्मेदवार बनाएका थिए । ती चारै जना उम्मेदवार पराजित भएका छन् ।

यता एकिकृत समाजवादी पार्टीले झापा–२ (१) बाट पुष्पराज पोखरेललाई उम्मेदवार बनाएको थियो । उनी पनि पराजित भए ।

सत्ता गठबन्धन दलमा रहेका कांग्रेस बाहेकका यी दलहरुले झापामा एकसिट पनि ल्याउन सकेनन्. ।

झापामा कांग्रेससँग सहकार्य गरेर जित्ने आशामा रहेका माओवादी र एसले एकसिट पनि आफ्नो हातमा नपरेपछि कांग्रेसले धोका दिएको विश्लेशन हुन् थालेको छ । बाम गठबन्धनमा रहेको कांग्रेसले माओवादी र एसका उम्मेदवारलाई मत नदिएको गठबन्धनभित्रै चर्चा सुरु भएको छ ।

कांग्रेसका लागि एकमत पनि तलमाथि नहुने गरी सबै खन्यायौँ । तर, कांग्रेसले ठुलो धोका दिएको माओवादी र एसका नेता तथा कार्यकर्ताहरुले टिप्पणी गरेका छन् ।

यस्तै, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, हाम्रो नेपाली पार्टी, मंगोल नेशनल अग्रनाइजेशन, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलहरुले पनि एकसिट ल्याउन सकेनन् ।

झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एउटा प्रतिनिधिसभा सदस्य र २ वटा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको थियो । तीनै वटा सिटमा राप्रपा विजयी भएको छ ।

झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा झापा–१ (२) बाट राप्रपा मेचीनगरकी अध्यक्ष सबिना बजगाई र झापा–४ (२) बाट राप्रपाका प्रवक्ता भक्ति सिटौला निर्वाचित भए ।

नेकपा एमालेले झापा–५ तथा (१ र २), झापा–४ तथा (१), झापा–३ तथा (२), झापा–२ तथा (१ र २) को प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा विजयी भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधि सभा सदस्यमा, प्रदेश सभा १ र २ बाट हिक्मत कार्की र होमबहादुर थापा, झापा–४ बाट प्रतिनिधि सभा सदस्यमा एलपी साँवा तथा प्रदेश सभा १ मा राधाकृष्ण खनाल, झापा–३ (२) मा छविलाल चुँडाल, झापा–२ बाट प्रतिनिधि सभामा देवराज घिमिरे तथा (१ र २) मा एकराज कार्की र चिन्तन पाठक विजयी भएका छन् ।

पछिल्लो समाचार

झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन विजयी

अघिल्लो समाचार

झापा–१, समानुपातिक : पहिलो कांग्रेस, दोस्रो सुर्य र तेस्रो घण्टी

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.