८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

गर्भनिरोधक चक्की खाँदा ध्यान दिनुपर्ने कुराहरु

पुस १, २०७९, १०:३६ .शुक्रबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

खासगरी अनिच्छित गर्भ रहने भयले सन्तानको योजना नबनाएका दम्पतीलाई खुलेर शारीरिक सम्बन्ध बनाउन कठिन हुन्छ । यौन जीवन खल्लो बनाइदिन्छ । यद्यपि अहिले त्यस्ता थुप्रै सुविधा छन्, जसले अनिच्छित गर्भ रहनबाट बचाउँछ । यसमा पनि धेरै प्रचलित छ, गर्भनिरोधक चक्की ।

सुनौलो गुलाब, निलोकन ह्वाइट जस्ता गर्भनिरोधक चक्की एउटा प्रभावकारी विधि हो अनिच्छित गर्भ रोक्ने ।

यो नवविवाहित जोडी जसले तत्काल सन्तानको योजना बनाएका छैनन् उनीहरूको लागि सबैभन्दा प्रभावकारी गर्भनिरोधक उपाय हो । किनकि यो चक्की सेवन गर्न छोड्ने बित्तिकै गर्भ रहन्छ । यस्तो चक्की सही समयमा नियमित सेवन गर्दा यसले शतप्रतिशत गर्भ रोक्छ । यो ९९ प्रतिशत प्रभावकारी हुन्छ ।

महिनावारीको ७ दिनपछि

महिनावारी भएको पहिलो दिनबाट नै यो चक्की सुरु गर्यो भने काम गर्न थालिहाल्छ । तर महिनावारी भएको पाँचौं दिनबाट सुरु गरेमा भने गर्भ रहने सम्भावना हुन्छ । यस्तो अवस्थामा सात दिन कण्डमको प्रयोग गर्नु उपयुक्त हुन्छ । लगातार २१ दिन यो चक्कीको सेवन गर्नुपर्छ र सात दिन आइरन चक्कीको ।

कुन अवस्थामा यो चक्की खान हुन्न ?

टाउको दुख्ने, छातीमा मासु पलाएको, मोटोपन, उच्च रक्तचाप, मधुमेह, हाइपो कोलेस्टेरोल, मुटुको समस्या र ३५ वर्षभन्दा माथिका महिलालाई यो औषधि सेवन नगर्ने सल्लाह दिइन्छ । क्यान्सरको जोखिम भएकाले भने प्याप जाँच गरेर मात्र यस्तो चक्कीको सेवन गर्नुपर्छ । स्वास्थ्य सामान्य अवस्थामा भएका महिलाले पनि यसको सेवन अघि चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ ।

उच्च रक्तचाप, मधुमेह र मुटुरोगको औषधि खाइरहेकाहरूले यो चक्की खान मिल्दैन । कुनै कुनै एन्टिबायोटिकको सेवन गरिरहेको बेलामा पनि यो चक्की खान मिल्दैन । आफूखुसी यो औषधि सेवन गर्ने अनि केही साइड इफेक्ट देखियो भने सेवन गर्न छाडेर गर्भ रह्यो भन्ने समस्या लिएर धेरै अस्पताल आउने गरेका छन् ।

चक्कीले कसरी काम गर्छ ?

यो हर्मोनल चक्की हो । यसले पाठेघरको मुखमा भएको पातलो पानीलाई बाक्लो बनाएर वीर्यलाई भित्र छिर्न दिँदैन र गर्भ रहनबाट रोक्छ । यो चक्कीले अण्डा निष्कासनलाई पनि कम गर्छ, जसले गर्दा गर्भ रहँदैन ।

यो चक्की सधैं एउटै समयमा खानु उपयुक्त हुन्छ तर बिर्सनु भएन । खानापछि बिहान वा बेलुकी जुन समयमा खाए पनि हुन्छ ।

साइड इफेक्ट

यो हर्मोनल चक्की भएकोले पाठेघरको लेयरमा काम गर्ने हो । महिनावारीको बीचमा पनि रगत जाने, मोटोपन, टाउको दुख्ने, बान्ता हुने, ल्युकोरिया लगायत साइड इफेक्ट हुनसक्छ ।

कुनै दिन खान छुटे के गर्ने ?

दैनिक सेवन गर्नुपर्ने यो चक्की सकेसम्म छुटाउनु हुँदैन । महिनावारीको पहिलो दिनबाट औषधि सेवन गरेको छ र पहिलो हप्तामा कुनै दिन औषधि छुट्यो भने अर्को दिन दुईवटा चक्की सेवन गर्दा हुन्छ । पहिलो हप्तामा नै दुईवटा चक्की छुट्यो भने दुई दिन दुई–दुईवटा चक्की सेवन गर्नुपर्छ ।

तेस्रो हप्तामा दुई दिनभन्दा बढी औषधि छुट्यो भने औषधिसँगै अन्य गर्भनिरोधक उपाय पनि अपनाउनुपर्छ । लगातार सात चक्की छुट्यो भने औषधि सेवन नै बन्द गरेर फेरि अन्य उपाय अपनाउनुपर्छ र अर्को पटक महिनावारीपछि पुनः खान थाल्नुपर्छ ।

महिनावारी गडबडीमा पनि काम गर्छ

विवाहित महिलामा गर्भनिरोधकको रूपमा मात्र होइन, अविवाहितलाई महिनावारीको समयमा धेरै रगत बग्ने, धेरै पेट दुख्ने, महिनावारी गडबडी र पीओसीडीलगायत समस्यामा पनि यो चक्की सेवन गर्न दिइन्छ । तर यस विषयमा धेरैलाई जानकारी नभएको हुनसक्छ ।

यो गर्भ निरोधक चक्की र आकस्मिक गर्भ निरोधक चक्कीमा पनि धेरै जना झुक्किएको पाइएको छ । कति जना हामीले पिल्सको प्रयोग गरिरहेका छौं, तै पनि गर्भ रह्यो भन्दै आउनुहुन्छ । आकस्मिक गर्भनिरोधक चक्की र गर्भनिरोधक चक्कीमा फरक छ ।

(डा.प्रियंका त्रिपाठी, प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग सुमित्रा लुइँटेलले गरेको कुराकानीमा आधारित)

पछिल्लो समाचार

यी हुन् अहिलेसम्मका विश्वकप विजेता

अघिल्लो समाचार

महेन्द्रद्वार सहकारीको साधारण सभा

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.