मेचीनगर, २५ मंसिर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अनाधिकृत संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।
मेचीनगरले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र रहेका सार्वजनिक सम्पत्तीहरुको संरक्षण गर्न भन्दै अनाधिकृत रुपमा प्रयोग गरिएका सबै संरचना हाटाउन सुरु गरेको हो ।
नगरपालिकाले जारी गरेको सूचनामा नगरपालिकाको स्वामित्वमा रहेको सम्पति कसैले प्रयोग गरेको अवस्था रहेमा, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको अतिक्रमण गरी उपभोग गरेको भएमा, अनधिकृत रुपमा विज्ञापन तथा होडिङ बोर्ड राखेको भएमा, सडक क्षेत्राधिकार मिची अनाधिकृत रुपमा संरचना निर्माण गरी अतिक्रमण गरेको भएमा ७ दिन भित्रमा सो क्षेत्र खाली अनुरोध गरिएको छ ।
Discussion about this post