झापा, १ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य मूल्य घटाएको हो ।
पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३÷३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल÷मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल÷मटितेल १७८ रुपैयाँ थियो ।
हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो । यसअघि पनि आईओसीले इन्धनको मूल्य घटाएर पठाएको थियो । तर यता निगमले घटाएको थिएन ।
Discussion about this post