चारआली, १० पुस । पूर्वको पवित्र धार्मिक तथा पर्यटकिय स्थल पाउ पाथिभरा मन्दिरको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मेचीनगर–१३ स्थित चारआलीको पाउ पाथिभरा मन्दिरको बार्षिक साधारण सभाको उद्घाटन मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
साधारण सभाको अवसरमा ९० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।
पाउ पाथिभरा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलक गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–११ का वडाध्यक्ष रुद्र डाँगी, मेचीनगर –१४ का वडाध्यक्ष बाबुलाल सुब्बा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
Discussion about this post