६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हात्ती रोक्न मेचीको वगरमा बाद्य लगाउनु पर्छ : अनुगमन टोली

पुस १९, २०७९, ७:१९ .मङ्लबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, १९ पुस । भारतीय क्षेत्रबाट आउने हात्तीको दिगो समाधानका लागि सांसद, सिडिओ र मेयरको टोलीले सोमबार बाहुनडाँगी क्षेत्रको अनुगमन गरेको छ ।

हात्ती प्रभावित क्षेत्रका जनताको गुनासो सुन्न र दिगो रुपमा हात्ती समस्या समाधानको बाटो पहिचान गर्न संघीय सांसदद्वय निशा डाँगी र इन्दिरा राना मगर, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, डिभिजन वन कार्यालय झापाका निमित्त प्रमुख जीवन पाठक, मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा सभापति उमेश खरेल लगायतको टोली बाहुनडाँगी पुगेको थियो ।

वर्षौदेखि बाहुनडाँगी वासीले हात्तीका कारण भोग्नुपरेको समस्यालाई दिगो रुपमा व्यवस्थापन तथा समाधान गर्ने विषयमा छलफल तथा अनुगमन गर्न रास्वपाको संयोजनमा सो टोली बाहुनडाँगी पुगेको हो ।

स्थलगत अध्ययनपछि सांसदद्धय डाँगी र मगरले बाहुनडाँगीवासीको पीडालाई आफूहरुले बुझेको र दिगो रुपमा हात्ती समस्या समाधानमा आफूहरु लाग्ने प्रतिवद्वता व्यक्त गरे ।

‘हामी कुरामा भन्दा पनि काममा विश्वास गर्छौ’, सांसद डाँगीले भनिन् –‘मैले हात्तीको समस्या सुनेको वर्षौँ भयो अव यसको दिगो समाधानको लागि हामी पहल थाल्छौँ । झापाबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुले यस विषयमा गम्भीर हुनुपर्छ ।’

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले संघीय, प्रदेश सरकार र जिल्ला वन कार्यालयले स्थानीय सरकारसँग सहकार्य नगर्दा हात्ती नियन्त्रको लागि प्रभावकारी काम हुन नसकेको बताए । हात्ती नियन्त्रणको लागि तत्काल सोलार फेन्सीङको मर्मत, बाटो निर्माण तथा सडकमा बत्ती जडान गर्नसके हात्ती नियन्त्रणमा कमी आउने उनको दावी छ ।

नगर प्रमुख बुढाथोकीले दिगो रुपमा हात्ती नियन्त्रण गर्न मेची खोलाको सीमा बगरमा पर्खाल(बाद्य) निर्माण गर्नु पर्ने बताए ।
सिडिओ रिजालले स्थानीय सरकार र वन कार्यालयले हातेमालो गरेर यस किसिमको समस्या हल गर्नु पर्ने दावी गरे ।

जिल्ला वन कार्यालय निमित्त प्रमुख पाठकले हात्ती नियन्त्रको लागि जिल्लाभर विभिन्न कामहरु अघिबढाएको बताए । उनले बाहुनडाँगीको लागि समेत बजेट छुट्याएकोले सम्झौता गरेर काम थाल्न समितिलाई आग्रह गरे ।

सो अवसरमा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मानव हात्ती द्वन्द व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेती लगायतले हात्तीले पुर्याएको क्षतिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको सञ्चालन रास्वपा जिल्ला सभापति उमेश खरेलले गरेका थिए भने सचिव प्रकाश पाठकले बाहुनडाँगीमा हात्तीले पुर्याएको क्षतिको बारेमा अवगत गराएका थिए । डाँगी र मगर भर्खरै सम्पन्न निर्वाचनमा समानुपातिक तर्फबाट रास्वपाले सांसद बनाएका हुन् ।

पछिल्लो समाचार

मागुरमाडी वन अध्यक्षमा अमरबहादुर विजयी

अघिल्लो समाचार

बुस्टर डोज उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In