४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वाटर किंगडम पार्कमा फागुनमा महोत्सव

माघ ८, २०७९, ७:४३ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुधे, ८ माघ । शिवसताक्षी नगरपालिका–८ स्थित वाटर किंगडम पार्क एण्ड रिसोर्ट प्रालिले महोत्सव आयोजना गर्ने भएको छ ।

आदिवासी जनजातिको परम्परागत तथा मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि ५ गतेसम्म ‘वाटर किंगडम पार्क संस्कृति उत्थान महोत्सव’ आयोजना गरिने आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

विभिन्न जातजातिका मौलिक संस्कृति, भेषभूषा, कला, भाषा र लिपीलाई जगेर्ना गर्दै भावी पुस्तालाई सुशिक्षित गराई सांस्कृतिक मूल्य मान्यतालाई जीवन्त बनाउन महोत्सवको आयोजना गरिएको पार्क सञ्चालक राजकुमार संग्रौलाले बताए ।

उनले महोत्सवमा प्रत्येक दिन अलग अलग समुदायका मौलिक परिकारहरुको फुड स्टल, बाजागाजा, हातहतियारहरुको प्रदर्शनी गरिने जानकारी दिए । महोत्सव अवधिभर निःशुल्क प्रवेशको व्यवस्था मिलाइनेछ ।

उनले महोत्सवको अन्तिम दिन पूर्व मै पहिलोपटक नेपालको चर्चित सांगीतिक समूह १९७४ एडीको सांगीतिक कार्यक्रम रहने जानकारी दिए । सो कार्यक्रम हेर्नका लागि भने प्रवेश शुल्क तोकिएको उनको भनाई छ । उनका अनुसार महोत्सव अवधिभर करिब एक लाख आन्तरिक तथा बाह्य पर्यटक पार्कमा भित्राउने लक्ष्य छ ।

पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट करिब ५०० मिटर दक्षिणमा रहेको पार्कमा २०७७ सालबाट सञ्चालनमा आएको हो । संग्रौलाको करिब ६० करोडको एकल लगानीमा पार्क सञ्चालन भइरहेको छ । पार्कमा एक बर्षमा एक लाख भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन् ।

उनले युवाहरुलाई समयसापेक्ष व्यवसायिक सीपका माध्यमबाट स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले आगामी बैशाखदेखि कुकिङ, कलिनरी आर्ट, बेकरी, बारिष्टा लगायतका सीटिइभीटीबाट मान्यताप्राप्त व्यवसायिक कोषको समेत सञ्चालनको तयारी रहेको जानकारी दिए ।

पार्कमा मुख्य आषर्कणको रुपमा रहेको जीप लाइन राइडिङ, जीप साइकिलिङसहित स्विमिङ पुल, बेभपुल, सावर डान्स, वाटर स्लाइड, किड पुलमार्फत पर्यटकलाई मनोरञ्जन दिइने गरिएको उनको भनाई छ । प्रदेश १ मै पहिलोपटक सञ्चालनमा आएको यस वाटर पार्कभित्रै सुविधा सम्पन्न होटल, लज, रेस्टुरेन्ट, पार्टी प्यालेससमेत सञ्चालनमा छ ।

महोत्सव अवधिभर बिएण्डसी अस्पताल बिर्तामोडको विशेषज्ञ टोलीले निःशुल्क स्वास्थ्य शिविर साथै क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

पछिल्लो समाचार

प्रदेश १ : मन्त्रीहरुले पाए मन्त्रालय

अघिल्लो समाचार

झापामा एनप्याब्सनले सुरु गर्यो खेलकुद महोत्सव

Related Posts

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार
‘मेचीनगर गोल्डकप’ मेचीनगरको गहना हो : संयोजक मैनाली
box -1

‘मेचीनगर गोल्डकप’ मेचीनगरको गहना हो : संयोजक मैनाली

असार ३०, २०८२, १०:१० .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.