२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा एनप्याब्सनले सुरु गर्यो खेलकुद महोत्सव

माघ ८, २०७९, २:१६ .आइतवार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

।। देबेन्द्र खरेल ।।  मेचीनगर, ८ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको आयोजनामा ११औं खेलकुद महोत्सव सुरु भएको छ ।

हल्दीबारी–३ स्थित चिल्ड्रेन गार्डेन इङ्गलिस बोर्डिङ्ग स्कुलको खेल मैदानमा शनिबार जिल्लास्तरीय फूटबलको समुद्घाटन भएको छ भने एथलेटिक्स तर्फको १०० मिटर छात्र÷छात्रा र २०० मिटर छात्र÷छात्राको खेलहरु सम्पन्न भएका छन् ।

आज भएको अन्तर मावि जिल्ला स्तरीय फूटबलमा अरुणोदय आवासीय मावि काँकरभिट्टा, सूर्योदय आवासीय मावि, काँकरभिट्टा, आदर्श विद्या मन्दिर धुलाबारी, इष्ट होराइजन अंग्रजी मावि, धुलाबारी, दन्तकाली बोर्डिङ्ग स्कुल, चारआली, चिल्ड्रेन गार्डेन अंग्रेजी मावि हल्दीबारीले विजयी सुरुवात गरेका छन् ।

आज नै सम्पन्न भएका एथलेटिक्सका १०० मिटर र २०० मिटर दौडमा छात्रा तर्फको १०० मिटर दौंडमा फाक्तालुङ्ग एजुकेशन फाउण्डेशनका स्मारिका श्रेष्ठ, चिल्ड्रेन गार्डेन अंग्रेजी माविका निरु मेचे र माँ सरस्वती एजुकेशन फाउण्डेशनका रिदिमा राईले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

छात्र तर्फको १०० मिटर दौडमा दन्तकाली बोर्डिङ्ग स्कुलका यूक्रिस वस्नेत, तोपगाछी मोडल अंग्रेजी स्कुलका भिष्म श्रेष्ठ र अरुणोदय आवासीय मा.विका अमन वाँतरले क्रमशः प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

आज नै भएको छात्रा तर्फको २०० मिटर दौंडमा चिल्ड्रेन गार्डेन अंग्रेजी माविका सलिना मेचे, अरुणोदय आवासीय माविका दिपशिखा भूजेल र इडेन गार्डेन अंग्रेजी मा.वि.का लक्ष्मी मैनालीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

त्यसैगरी आजै भएको छात्र तर्फको २०० मिटर दौंडमा चिल्ड्रेन गार्डेन अंग्रेजी मा.वि.का राज मेचे, अरुणोदय आवासीय माविका संजोग राउत र फाक्तालुङ्ग एजुकेशन फाउण्डेशनका सुवास खत्रीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छने ।

सम्पूर्ण विजेता विद्यालयका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सन प्रदेश नं. १ का उपाध्यक्ष रामकुमार राजवंशी, एनप्याब्सन झापाका उपाध्यक्ष एवम् खेलकुद संयोजक प्रेम शेर्मा, एनप्याब्सन झापाका सचिव ओमविक्रम नेम्बाङ्ग, एनप्याब्सन झापाका अध्यक्ष खिवराज भट्टराईले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा एनप्याब्सन मेचीनगरका कोषाध्यक्ष दिपेन्द्र प्रधान, एनप्याब्सन मेचीनगरका सदस्य नवराज सुवेदी, अरुणोदय आवासीय माविका प्रधानाध्यापक दुर्गाबहादुर लुईटेल, तोपगाछी मोडल इङ्गलिस स्कुलका प्रधानाध्यापक गिरीराज वस्नेत, लोफोफोरस इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक सागर गुरुङ्ग, शान्तिपथ बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक कञ्चन गौंतम लागायतको उपस्थिति रहेको थियो ।

एनप्याब्सन झापाका अध्यक्ष खिवराज भट्टराईको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन एनप्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईले गरेका थिए ।

एनप्याब्सन जिल्ला स्तरीय खेलकुद कार्यक्रमको समापन वृहत साँस्कृतिक कार्यक्रमसहित आगामी माघ २१ गते इष्ट होराइजन मावि धुलाबारीमा गरिने एनप्याब्सन झापाका खेलकुद संयोजक प्रेम शेर्माले बताए ।

पछिल्लो समाचार

वाटर किंगडम पार्कमा फागुनमा महोत्सव

अघिल्लो समाचार

जुनियर फूटबलको उपाधि सूर्योदयलाई

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.