भद्रपुर, ८ माघ । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं.३ मा स्वर्णिम युगको सुरुवात भएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका लिङ्देन उपप्रधानमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका उनले अहिले सम्मपछि परेको क्षेत्रमा विकासको युग सुरुवात भएको बताएका हुन् ।
आइतबार कमलधामस्थित संयुक्त धार्मिकस्थलमा आयोजित २८५९औं सोनाम ल्होछार कार्यक्रममा उनले यस क्षेत्रको विकासमा पूर्वाग्रह नराखी सबैलाई सहयोग गर्न आग्रह समेत गरे ।
हरेक वर्ष एक–एक वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ‘ल्हो’ अर्थात् वर्ग अनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको बर्ष हो ।
पद्मछोयोलिङ गुम्बामा आयोजित कार्यक्रममा १ नं प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Discussion about this post