२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेची उवासंघ चुनाव

सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै

माघ ९, २०७९, ६:२८ .सोमवार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ माघ । मेची उद्योग बाणिज्य संघको नजिकिएको चुनावमा सत्ता गठबन्धन र नेपाली कांग्रेस समर्थित उम्मेद्वारबीच प्रतिष्पर्धा हुने सम्भावना बढेको छ ।

सदाबहार कांग्रेसकै वर्चस्व रहेको संघमा यसअघिको चुनावमा नेकपा एमालेका उम्मेद्वार ऋषिराज तिम्सिना अध्यक्ष पदमा बिजयी हुनुभएको थियो ।

केन्द्रीय सत्तामा फेरिएको राजनीतिक गठबन्धनको प्रभाव मेची उद्योग वाणिज्य संघको चुनावमा पनि पर्ने एमाले नेताहरुको दावी छ ।

सत्ता गठबन्धनका साझेरदार दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरु अहिले विभिन्न चरणको छलफलमा जुटेका छन् ।

अर्कातिर, आफ्नो गुमेको वर्चस्व फर्काउन कम्मर कसेर लागिरहेको नेपाली कांग्रेसले एमालेसहितको गठबन्धन फुटाउने गरी केही दलसँग गोप्य रुपमा सम्बाद अघि बढाइरहेको कांग्रेस स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनका एक नेताका अनुसार एमालेले अध्यक्ष, महासचिव र केहि सदस्य पदमा दावी गरेको छ । उसले अध्यक्षमा खेमराज प्रसाई र महासचिवमा दिनेश शाक्यको नाम यसअघि नै सार्वजनिक समेत गरिसकेको छ ।

अध्यक्षका दावेदार प्रसाईले संघको उद्योग उपाध्यक्षको पद समालिसकेका छन् । प्रसाई २० वर्ष नेपाल कुचो व्यवसायी संघको अध्यक्ष भएर काम गरिसकेका कुशल युवा व्यवसायी हुन् । उनको मेचीनगरमा सिद्धार्थ प्लाइउड उद्योग सञ्चालनमा छ ।

माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष लगायत सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टीले उपाध्यक्ष, सचिव र २ जना सदस्य माग गरेको छ । जनता समाजबादी दलले पनि पदाधिकारी तहकै माग गरेको छ । एमालेका एक नेताले सबै दललाई मिलाएर लाने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

संघको स्थापनाकालदेखि बागडोर सम्हाल्दै आएको नेपाली कांग्रेसले १५ वर्ष नेतृत्व गर्यो । २०५४ सालमा स्थापना भएको संघमा संस्थापक अध्यक्षका रुपमा पन्नालाल जैन, नरेन्द्र खड्का, २ कार्यकाल विजय डालमियाले नेतृत्व गरेका थिए ।

त्यसपछि केशवराज पाण्डे, पंकजबिक्रम नेम्बाङले सफलता पूर्वक नेतृत्व गरे । अध्यक्ष नेम्बाङपछि कांग्रेसको विरासत एमालेले तोडेको थियो ।

एमालेबाट संघमा नेतृत्व गरेका सबैका साझा एवम् इमानदार युवा व्यवसायी ऋषिराज तिम्सिनाले संघको बागडोर सम्हाल्नु भयो । उहाँले कांग्रेसबाट अध्यक्ष बनेका पुनित बंशललाई ६ मत बढी ल्याएर पराजित गर्नुभयो ।

संघको २०७७ सालमा नै अर्को चुनाव हुनु पर्नेमा कोभिड र स्थानीय, संघीय र प्रदेश सरकारको चुनावका कारण झण्डै ५ वर्ष तिम्सिनाले संघमा नेतृत्व गरिरहेका छन् ।

यहि माघ २१ गते हुने चुनावका लागि कांग्रेसबाट उम्मेद्वार टुंगो लागिसकेको अवस्था छैन । तर पनि कांग्रेसका तर्फबाट युवा व्यवसायी एवम् वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, उपाध्यक्ष कपिल क्षेत्री, पुनित बंशल र हर्क फ्याक लिम्बु अध्यक्षका दावेदार हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्ष निरौला एक कार्यकाल कार्यसमितिका सदस्य हुन् । मेची वजरंग टे«ड कन्सर्नका सञ्चालक उहाँ मेची भन्सार एजेन्ट संघका अध्यक्ष समेत हुनुहुन्छ ।

उपाध्यक्ष क्षेत्री पनि स्थापनाको पहिलो र दोस्रो कार्यकालको सचिव भइसकेका सफल युवा व्यवसायी हुनुहुन्छ । उहाँको जय माँ कामख्या प्लाउड इन्डस्ट्रिज सञ्चालनमा छ ।

अध्यक्षका दावेदार बंशल यसअघि पनि अध्यक्ष पदमा उठेर पराजित हुनुभएको थियो । बंशलको धुलाबारीमा शुभ–आशिष ट्रेडिङ कन्सर्न सञ्चालनमा छ ।

अर्का अध्यक्षका दावेदार लिम्बु काँकरभिट्टा खानेपानी सरसफाइ समितिको अध्यक्ष भएर कुशल नेतृत्व गरिसकेका युवा व्यवसायी लिम्बु हुनुहुन्छ । उहाँको काँकरभिट्टामा हर्क पसल नामको फर्म सञ्चालनमा छ ।

कांग्रेसले सम्भवतः मंगलबार बैठक बसेर अध्यक्ष पदका उम्मेद्वारको नाम फाइनल गर्ने बुझिएको छ ।

संघको चुनावमा केन्द्रकै जस्तो सत्ता गठबन्धन दल बन्ने विषयमा कांग्रेसका एक नेताले असम्भव बताउनुभयो । उहाँले काँग्रेस एक्लै पनि चुनाव जित्न सक्षम रहेको दावी गर्नुभयो ।

पछिल्लो समाचार

झापा–३ मा विकासको युगको सुरुवात : मन्त्री लिङ्देन

अघिल्लो समाचार

आन्तरिक टर्मिनल प्रमुख चुडाल पक्राउ

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.