झापा, १५ माघ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको बताए ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार उनको सांसद पद खारेज गरेको थियो ।
यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउनु परेको थियो ।
त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थिए ।
नागरिकता पाएपछि उनलाई पार्टीको सभापति बनाउने र फेरि गृहमन्त्री बनाउने पार्टीको योजना रहेको बताइएको छ ।
Discussion about this post