मेचीनगर, १५ माघ । मेची उद्योग बाणिज्य संघको यहि माघ २१ गते हुने निर्वाचनका लागि ६ राजनीतिक दलले बनाएको साझा गठबन्धनले उम्मेद्वारहरुको नाम टुंग्याएको छ ।
नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी र नेकपा एकीकृत समाजबादी पार्टीले मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा साझा उम्मेद्वार उठाउने भन्दै गठबन्धन निर्माण गरेका छन् ।
स्रोतका अनुसार साझा गठबन्धनबाट अध्यक्षमा नेकपा एमालेका खेम प्रसाई उम्मेद्वार बन्ने भएका छन् । वरिष्ठ उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका तर्फबाट पन्नालाल जैन उम्मेद्वार बन्ने निश्चित भएको छ ।
उद्योग उपाध्यक्षमा एमालेका आनन्द खड्का, वाणिज्य उपाध्यक्षमा रास्वपाका भीमबहादुर कुँवर र महिला उपाध्यक्षमा राप्रपाकी सुनिता शर्मा उम्मेद्वार बन्ने भएका हुन् ।
त्यसैगरी, सो गठबन्धनबाट महासचिवमा एमालेकै दिनेश शाक्य उम्मेद्वार बन्ने निश्चित भइसकेको छ । सदस्य र सचिव पदमा समेत ६ राजनीतिक दलले साझा उम्मेद्वार चयन गरेका छन् ।
Discussion about this post