६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विप्लव नेकपाद्वारा संघर्षका कार्यक्रम घोषणा

माघ २१, २०७९, ६:२५ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २१ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मेची व्युरोले विभित्र संघर्षका कार्यक्रमको घोषणा गरेको छ ।

पार्टीको मेची व्युरोले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै देशको वर्तमान अवस्था, जनताको समस्या र पार्टीले आगामी दिनमा जनताको माझ रहेर गरिने संघर्षका कार्यक्रमहरु नेकपाले घोषणा गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले अहिलेको सत्ता विश्व साम्राज्यवाद, भारतीय साम्राज्यवाद तथा निगम पुंजिवादको आड भरोसा र आशिर्वादमा टिकिरहेको बताएका छन् ।

पार्टीका स्थायी कमिटी सदस्य अनिल विरहीले देशको बर्तमान संकट यथार्थमा सत्ता वा प्रणालीको नै संकट रहेको बताउँदै अहिले सिस्टमको समस्या हो कि सोसाइटीको ? यो नै आजको मुल बहसको बिषय रहेको समेत बताए ।

जनताको परिवर्तनको चाहनालाई दुरुपयोग गरेर क्रान्तिलाई भांड्ने षड्यन्त्र गरिरहेको नेकपाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

सो पार्टीको मेची ब्युरोको प्रथम बैठकले झापासहित मेची क्षेत्रमा राजनितीक, सांगठानिक, आर्थिक, सघर्षं, सांस्कृतिक, भारतिय सिमा क्षेत्रमा भैरहेका अतिक्रमणका बिषय लगायत राष्ट्रिय स्वाधिनता र जनसरोकारका थुप्रै बिषयमा छलफल गर्नुका साथै महत्वपूर्ण निर्णय लिएको बताएको छ ।

नेकपाले जारी गरेको ९ बुँदे कार्यक्रम

१. मिटर ब्याजी, लघु बित्तको चक्रबृती ब्याज , चर्को बैंक ब्याज र बैंकले जनता माथि थोपरेको आतंकको बिरुद्ध संघर्ष गर्दै जनतालाई न्याय दिने । बैंक तथा बित्तिय क्षेत्रहरुलाई एक ‘१’ अंकमा व्याज घटाउन लगाउनको निम्ति कडा संघर्ष गर्ने ।

२. भारतिय पक्षले झापा, ईलाम, पांचथर क्षेत्रमा सिमा अतिक्रमण गरिरहेको स्थिीति छ, यसको छानमिन गर्दै जनताहरु सहित राष्ट्रिय स्वाधिनताको संघर्ष सञ्चालन गर्ने ।

३. लागु औषध कारोबार र तस्करीको कारण समाज आक्रान्त बन्न पुगेको छ, यसको सुक्ष्मरुपमा अध्यन गर्दै यसलाई नियमन गर्न जन सहभागिता सहित कडा कदम चालिने छ ।

४. सामाजिक विभेद, महिला हिंसा, लगायत समाजमा घटिरहेका यस प्रकारका विभेदकारी अत्यचार बिरुद्ध जनताहरुलाई जागरित गर्दै कडा संघर्ष गर्ने ।

५. स्वास्थ्य र शिक्षामा भैरहेको माफियाकरणले जनताको जिवन अत्यन्तै कष्टकर बनिरहेको छ । हाम्रो पार्टी स्वास्थ्य र शिक्षाको क्षेत्रमा देखिएका यस्ता समस्याहरु विरुद्ध सशक्त प्रकारले लड्ने छ ।

६. स्थानीय निकाय र प्रशासनीक क्षेत्रमा भैरहेको भ्रस्टाचार, अनियमितता बिरुद्ध जनपरिचालन सहित सशक्त संघर्ष गर्ने ।

७. महंगी, कालोबजारीको कारण जनतालाई पर्न गएको संकट प्रति हाम्रो पार्टी शंवेदनसिल छ । जनता सहितको संघर्षको बलमा बेलगाम लुटलाई ठेगान लगाईने छ ।

८. सुकुमबासी माथी भैरहेका अत्याचार लगायतका विरुद्ध संघर्ष गर्ने । सुकुमबासी माथि अत्याचार गर्नेहरु विरुद्ध जनपरिचालन सहित कारवाही सञ्चालन गर्ने ।

९. किसानहरुमाथि राज्य द्वारा भैरहको ज्यादति र बेवास्ता विरुद्ध किसान आन्दोलनलाई अगाडि बढाउने । भारतबाट निर्वाधरुपमा क्वारेन्टाईन चेक नगरि नेपालमा भित्रीरहेका फलफुल, तरकारी, खाध पदार्थ, माछामासु लगायतका उपभोग्य सामाग्रिहरुको कारण नेपाली जनताको स्वास्थ्यमा गम्भीर संकटहरु आईरहेका छन्, यस विरुद्ध हाम्रो पार्टीले सशक्त संघर्ष गर्ने छ ।

 

पछिल्लो समाचार

प्रदेशको नामाकरण चाँडै हुन्छ : मुख्यमन्त्री कार्की

अघिल्लो समाचार

मतदान सम्पन्न, मतगणना आइतबार

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.