धुलाबारी, ३ फागुन । मेचीनगर नगरपालिका–१० का ४८ वर्षीय भेषराज खनाल हल्दिबारीको जंगलमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खनाल बुधवार दिउँसो ३ बजेतिर हल्दिबारी गाउँपालिका वडा नं. ५ स्थित शान्ति सामुदायिक बनमा सखुवाको रुखमा मृत अवस्थामा फेला परेका हुन् ।
सहकारी संस्थाको बचत संकलन गर्दै आएका खनाल माघ २५ गतेदेखि सम्पर्कविहीन भएको भनी परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा खोजीका लागि निवेदन दिएको समेत प्रहरीले बताएको छ ।
Discussion about this post