झापा, ३ फागुन । हास्य कलाकार पवन खतिवडालाई बेलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेलबारी नगरपालिका वडा नं. ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले म्याकुरी थेगोका कारण चर्चित कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेलका अनुसार मंगलबार बेलुका बेलबारी वडा नं. १ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यस क्रममा विवाद हुँदा सो घटना भएको हो ।
त्यसपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । अहिले पीडित कार्की र कलाकार खतिवडाबीच मेलमिलापका लागि छलफल चलिरहेको प्रहरीको भनाई छ ।
Discussion about this post