काठमाडौँ, ४ फागुन । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको हो ।
बुद्धनगर स्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी गम्भीर घाइते भएका थिए ।
सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
Discussion about this post