झापा, ७ फागुन । आज फागुन ७ गते ७३ औँ प्रजातन्त्र दिवस ।
विभिन्न कार्यक्रम गरेर यो दिवस भव्य रुपमा मनाइँदै छ ।
सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो ।
वि. सं.२००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको सबैलाई विद्वितै छ ।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत शिषैनेताहरुले देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएका छन् ।
Discussion about this post