झापा, ६ चैत । सरकारले ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।
आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयले गरेको सिफारिस अनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो ।
गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे आईजीपी धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाश पाउँने छन् ।
त्यसपछि अहिले बढुवा भएका ५ जना मध्येबाटै आईजीपी छनौट हुनेछन् ।
Discussion about this post