काठमाडौं, ६ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार विहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)को कार्यकाल चैत ४ गते सकिएको थियो ।
Discussion about this post