३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नगरपालिकाले गरिदियो सन्थाल समुदायको स्वास्थ्य बीमा

चैत्र २१, २०७९, ३:१० .मङ्लबार
0
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, २१ चैत । सीमान्तकृत सन्थाल समुदायको बाक्लो बसोबास रहेको भद्रपुर नगरपालिकाले नगरभित्रका ६ सय भन्दा बढी सन्थाल परिवारको स्वास्थ्य बीमा गरिदिएको छ ।

विपन्न समुदायमा पर्ने सन्थाल समुदायको स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आगामी जेठदेखि लागु हुने गरी नगर प्रमुखसँग स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नगरपालिकाले यसवर्ष ६३४ परिवारको स्वास्थ्य बीमा गरिदिएको नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो । यसबाट सो समुदायका २५२२ जना लाभान्वित हुनेछन् ।

सन्थाल समुदायलाई स्वास्थ्य बीमा गरिदिएको बीमा भुक्तानीवापतको रकम बराबरको चेक सोमबार नगरपालिकाको सभाहलमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले स्वास्थ्य विमा बोर्ड सम्पर्क कार्यालय झापाकी प्रमुख सुनिता आचार्यलाई संयुक्तरुपमा हस्तान्तरण गरे ।

सन्थाल समुदायको स्वास्थ्य बीमाका लागि नगरपालिकाले २२ लाख १९ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर वेस्रा, केन्द्रीय सचिव कुन्दन मुर्मु, झापा जिल्ला अध्यक्ष लखन हेमरम लगायत सो समुदायका अगुवा व्यक्तित्वहरुको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता समेत गरेका नगरप्रमुख पोखरेलले नगरपालिकाले गरिदिएको स्वास्थ्य बीमाको समुचित उपयोग गर्न वीमितहरुलाई आग्रह गर्दै सन्थाल समुदायको उत्थान, संरक्षण र विकासका लागि नगरपालिकाले कुनै कसर नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रमुख राधा कार्कीले सन्थाल समुदायमा अझै पनि रोग लुकाएर बस्ने, स्वास्थ्य संस्थाहरुसम्म पुग्न नसक्ने अवस्था रहिरहेकाले सो समुदायका अगुवाहरुले समुदायमा स्वास्थ्य सचेतना बढाउनुपर्ने उल्लेख गर्दै नगरपालिकाले गरिदिएको स्वास्थ्य बीमाबाट प्राप्त हुने सविधा उपयोग गर्न आग्रह गरे ।

नगरपालिकाको स्वास्थ्य शाखाका मनोज भट्टराईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेग्मी, स्वास्थ्य बीमा बोर्डकी आचार्य, वडा नं ७ का अध्यक्ष अभिषेक ढुंगाना, ९ नं वडाध्यक्ष राम दाहाल, सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष वेस्रा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पछिल्लो समाचार

किशोरीहरुलाई आत्मारक्षा तालिम दिँदै मेचीनगर

अघिल्लो समाचार

रास्वपाको कमल गाउँपालिका सभापतिमा केदारनाथ

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.