काँकरभिट्टा, २५ चैत । भारतमा कोरोनाको संक्रमण बढेसँगै सीमा नाका काँकरभिट्टामा सुरक्षामा कडाइ गरिएको छ ।
नाकामा भारत, भुटान, बंगलादेश लगायतका मुलुकबाट आउने मानिसमा कोरोनाको संक्रमण शंका लागे स्वाब टेष्ट लिने गरिएको छ ।
सीमा नाकामा अहिले दैनिक एकसय भन्दा बढी मानिसको स्वाब टेष्ट गरिरहेको हेल्पडेक्सकी ल्याब असिस्टेन्ट रक्षा देउजाले बताइन् ।
उनले २ महिनाभन्दा बढी भारतमा काम गरेर फर्किएका नेपालीहरु, नेपालमा विभिन्न काम गर्न आउने भारतीय नागरिक, भुटान र बंगलादेशबाट नेपाल प्रवेश गर्नेलाई शंका लागे स्वाब टेष्ट गरिरहेको बताइन् ।
नाकामा स्वास्थ्यस्थिति बारे सोधपुछ गर्ने र सुरक्षाकर्मीहरुले नागरिकता लगायतका परिचय पत्र हेरेर नेपाल प्रवेश गर्न दिइरहेको छ ।
कोशी प्रदेशबाट खटिएकी देउजाले कर्मचारी अभाव भएकोले मेचीनगर नगरपालिकासँग थप कर्मचारी माग गरेको बताइन् ।
नाकामा हाल स्वास्थ्य चेक जाँचका लागि प्रदेशबाट १, स्वास्थ्य कार्यालय झापाबाट २ र मेचीनगर नगरपालिकाबाट ४ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।
नेपालमा पनि कोरोना संक्रमणको नयाँ भेरियन्ट फेला पर्न थालेपछि पूर्वी नाका काँकरभिट्टामा सुरक्षा सतर्कता बढाइएको बताइएको छ ।
।। अर्जुन कार्की ।।
Discussion about this post