काँकरभिट्टा, २५ चैत । नेपाल–भारतको एउटा महत्वपूर्ण नाका काँकरभिट्टामा चिया जाँच गर्ने ल्याव नभएकोमा चिया व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।
आज काँकरभिट्टा स्थित मेची भन्सार कार्यालयको सभाहलमा कोलकाताको नेपाली महावाणिज्य दुताबासले आयोजना गरेको नेपालको चिया तथा कृषिजन्य उत्पादन निकासी प्रवर्द्धन विषयको अन्तरक्रिया कार्यक्रममा चिया व्यवसायीले यस्तो बताएका हुन् ।
इलामको गोर्खा टि–स्टेटका संचालक उदय चापागाईले एकवर्ष अघिनै सम्बन्धित मन्त्रालयले ल्याव राख्ने भनेर यहाँबाट पठाएका फायल दराजमा थन्किएको बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा झापा तथा इलामका चिया व्यवसायीहरुले सो माग गरेका हुन् ।
मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले नाकामा चिया परीक्षण गर्ने अन्तराष्ट्रिय ल्याव (मेसिन) नभएको स्वीकार गरेका छन् । उनले नाकामा ल्याव राख्न पहल गर्ने दावी गरे । नाकामा ल्याव राख्न करिव ५ करोड खर्च लाग्ने बताइएको छ ।
Discussion about this post