काँकरभिट्टा, २५ चैत । यसवर्ष काँकरभिट्टा नाकाबाट चिया कम निर्यात भएको मेची भन्सार कार्यालयको तथ्याङ्क देखाएको छ ।
मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले गतवर्षको तुलनामा यसवर्ष चिया कम निर्यात भएको बताएका छन् ।
उनका अनुसार गतवर्ष २०७७÷७८ मा एक करोड ७७ लाख केजी चिया निर्यात हुँदा करिव ३ अर्व मुल्य बराबरको कारोबार भएको थियो ।
यसवर्ष २०७८÷७९ को फागुन महिना सम्ममा एक करोड २६ लाख केजी चिया निर्यात हुँदा करिव २ अर्व ५२ करोड मुल्य बराबरको कारोबार भएको भन्सार प्रमुख पाठकले जानकारी दिए ।
चिया व्यवसायीका अनुसार चियाको उत्पादन बढ्यो तर, मुल्य घटेको छ ।
Discussion about this post