५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यापारीलाई मेयरको आग्रह

बिर्तामोडमा ‘बहुतले व्यापारिक भवन’ बन्ने

चैत्र २६, २०७९, ३:१९ .आइतवार
0
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

झापा, २६ चैत । बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका व्यापारीहरुसँग छलफल गरेको छ ।

ठाउँ खाली गर्न दिएको समय सकिएपछि नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यापारीलाई बोलाएर छलफल गरेकी हुन् ।

बिर्तामोड–५ स्थित बुधबारे हटियालाई थप व्यवस्थित र सुविधायुक्त बनाउन नगरपालिकाले बहुतले व्यापारिक भवन निर्माण गर्ने तयारी गरेको छ । नगर विकास कोषको सहयोगमा नगरपालिकाले बहुतले व्यापारिक भवन बनाउने भएपछि ठाउँ खाली गर्न भनिएको हो ।

नगरपालिकाले ३५ र १५ दिने सूचना जारी गरेर व्यवसायीहरुलाई ठाउँ खाली गर्न जानकारी गराइसकेको छ । समय सकिँदा पनि व्यापारीहरुले ठाउँ खाली नगरेपछि नगरपालिकामा शुक्रवार छलफलको आयोजना गरिएको थियो ।

छलफलमा नगर प्रमुख प्रसाईले बहुतले भवन निर्माणको प्रक्रिया सुरु भएको बताइन् । व्यापारी कै निमित्त निर्माण गर्न लागिएको भवन भएकाले सहयोग गर्न उनले आग्रह गरेकी थिइन् । नगरको तर्फबाट सूचना जारी गरिसकेको भन्दै उनले ठाउँ खाली गरिदिन आग्रह गरिन् ।

ठाउँ खाली नगरी काम अघि नबढ्ने भन्दै उनले आफ्ना सामानहरु सुरक्षित गरी व्यवस्थापन गर्न सूझाव दिइन् । व्यापारिक भवन निर्माणपछि व्यापारीहरुलाई उपलब्ध गराउने भन्दै तत्कालका लागि आफ्नो व्यवस्थापन गर्न आग्रह गरेकी छन् ।

बुधबारे हटियाका व्यापारीहरुको प्रतिनिधित्व गर्दै कृष्ण अधिकारीले नगरको योजनामा आफुहरु सहयोग गर्न तयार रहेको बताए । बुधबारे हटिया खाली गर्नका लागि अन्यत्र ठाउँ खोजी भइरहेको उनको भनाई थियो ।

उनले वैकल्पिक व्यवस्थापनमा सहजीकरण गरिदिन आग्रह गरेका थिए । अधिकारीले भवन निर्माणपछि पुनःप्राप्तीको ग्यारेन्टी र निर्माण समितिमा व्यापारीको प्रतिनिधित्वको सवाल उठाएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले छलफलबाट सहजै समाधान खोज्ने नगरको चहाना रहेको बताए ।

उनले स्थानीय व्यापारीको हितमा नगरपालिका रहेको भन्दै चाँडोभन्दा चाँडो बजार निर्माणको योजना कार्यान्वयनमा लैजाने जानकारी दिए । उनले नगरको गौरवको आयोजना भएकोले त्यसलाई सहयोग गर्न आग्रह गरे ।

 

पछिल्लो समाचार

‘झापाले चियाको गुणस्तरीयता परिवर्तन गर्नुपर्छ’

अघिल्लो समाचार

अधिकांश महिलामा पाठेघर र आङखस्ने समस्या

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.