झापा, २७ चैत । नेकपा एमालेका नेता तथा पूर्व सांसद नरेश खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
खरेलले सहिद रत्नकमार वान्तवको स्मृति दिवसको अवसर पारेर आज पार्टी परित्याग गरेको पत्रकार सम्मेलन गरेर घोषणा गरेका हुन् ।
उनीसहित हिराप्रसाद पोखरेल, खिना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द साह, मित्रप्रसाद लुईटेल लगायतले नेकपा एमाले परित्याग गरेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा पार्टीको गलत क्रियाकलापसँग असहमत रहेको जनाउँदै आजैदेखि उनीहरुले आफूहरु स्वतन्त्र रहेको जनाएका छन् ।
Discussion about this post