धुलाबारी, २८ चैत । मेचीनगर नगरपालिकाका मेयर गाेपालचन्द्र बुढाथोकीले सामाजिक सञ्जालकाे भरमा दृष्टिकाेण बनाउने बेला भएको बताएका छन् ।
आज प्रेस क्लब मेचीनगरले आयोजना गरेकाे अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रममा मेयर बुढाथोकीले यस्ताे कुरा बताएका हुन् । उनले समाज वदल्न पत्रकारिताकाे महत्वपूर्ण भूमिका हुने बताए ।
कार्यक्रममा मेयर बुढाथोकी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेल, उपमेयर मीना पाेखरेल उप्रेती , दि काठमाडौं पाेष्टका पूर्व सम्पादक एवम् प्रशिक्षक अखिलेश उपाध्याय, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निराैला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालकाे अध्यक्षता, उपाध्यक्ष जीआर धितालकाे स्वागत र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।
Discussion about this post