६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ओरियन्सको नेटवर्किङ : सयौँ युवाहरुको विचल्ली

चैत्र २९, २०७९, ६:४७ .बुधबार
0
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

झापा, २९ चैत । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ५ को चुलाचुली माध्यमिक विद्यालयमा कक्षा ११ पढ्दै गर्नुभएकी १७ वर्षीया प्रतिमा लिम्बुलाई साथीले नै राम्रो जागिर पाइन्छ भनेर बिर्तामोडको ओरियन्स कार्यालयमा पुर्याइन् ।

“तपाई असाध्य राम्री हुनुहुँदोरहेछ, कमाई पनि राम्रै हुन्छ भनेर त्यहाँका सर म्यामहरुले फुरुक्क पारे,” पहिलोपल्ट ओरियन्सको कार्यालयमा पुग्दाको क्षण सम्झिदै उनले भनिन्–“सुरुमा एक लाख ३० हजार बुझाउनु पर्छ भने, मैले खुरुक्कै बुझाएँ ।”

तालिम, युनिफर्म र होस्टेलको खर्च भनेर पटकपटक आफुले रकम बुझाएको र दुई महिना काम गर्दा कुनै तलब र आम्दानी नभएपछि पैसा डुबाएर घर फर्किएको उनले बताए । अहिले उनी आफ्नो पैसा फिर्ताका लागि कानूनी उपचार खोज्ने तयारीमा हुनुहुन्छ ।

जागिरको प्रलोभनमा परेर ग्लोबल ओरियन्स नेपालमा मोटो रकम बुझाएका प्रतिमा जस्तै कोशी प्रदेशका सयौं युवाले ठगिएको गुनासो गरेका छन् ।

बिर्तामोड–४ स्थित विद्युत प्राधिकरण कार्यालयको छेउमा रहेको ओरियन्सको शाखा कार्यालयले झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ लगायत विभिन्न पहाडी जिल्लाका बेरोजगार युवालाई जागिरको प्रलोभनमा पारेर अनुचित रकम असुल्दै आएको पीडितहरुको भनाई छ ।

नेटवर्किङ व्यापार चलाइरहेका ओरियन्सका सञ्चालकहरुले फेसबुक र टिकटकमा विज्ञापन गरी मासिक ४० हजारसम्म तलब दिने भनेर बेरोजगार युवालाई बिर्तामोड बोलाउने गरेका छन् ।

दर्ता शुल्क, तालिम शुल्क, होस्टेल शुल्क र युनिफर्म शुल्कको नाममा हजारौं रकम असुलेपछि भारतको ओरियन्स कम्पनीका ‘फुड सप्लिमेन्ट’का सामानहरु उनीहरुलाई जबर्जस्ती भिडाएर बिक्री गर्न पठाउने गरिएको छ ।

जबर्जस्ती भिडाइएको सामान बिक्री नहुने र ऋण काढेर बुझाएको रकम सञ्चालकहरुले हत्याउने गरेका कारण ओरियन्समा आवद्ध भएका युवाहरु बिचल्लीमा पर्ने गरेका छन् । ठगिएका धेरैजसो डिप्रेसनमा पर्ने गरेका छन् ।

धनकुटामै कोरियन भाषा पढ्दै गर्नुभएकी तेह्रथुम जिल्ला छथर गाउँपालिका वडा नं. ६ शुक्रवारेकी फुलमाया शेर्पा पाँच महिनासम्म ओरियन्समा बन्धक जस्तै सास्ती भोगेपछि फुत्किएर अहिले काठमाडौं पुग्नु भएको छ ।

धनकुटाको एउटा भाइले विहान र वेलुका काम गरेर सजिलै पैसा कमाउन सकिन्छ भनेर लोभ देखाएर आफुलाई ओरियन्सको नेटवर्किङ धन्धामा फँसाएको उनले बताइन् । उनले बिर्तामोडको ओरियन्सको शाखामा सुरुमा ३७ हजार र पटकपटक गरेर दुई लाखभन्दा बढी रकम बुझाएको जानकारी दिइन् ।

“तालिम दिने भनेर विर्तामोडको बाहिरी वस्तीमा होस्टेलमा राखेर उनीहरुले बन्धक जस्तै बनाए,” ओरियन्सबाट पीडित फुलमायाले भनिन्–“सुरुमै पैसा लगिहाले । होस्टेलमा राखेका बेला घरमा अभिभावकलाई फोन गर्न समेत दिएनन् । तलब दिन्छौं भनेर ठगे ।”

तालिम दिएपछि सामान बेच्न पठाएको उल्लेख गर्दै उनले सामान नबिकेको गुनासो सुनाउँदा ओरियन्सका सञ्चालकहरुले अरु दुई जना साथीलाई संस्थामा आवद्ध गराएपछि मासिक ४० हजार तलब दिने झुठो आश्वासनमा फँसाएको बताइन् ।
तलब पाइने आशमा फुलमायाले आफ्नै बहिनी र हजुरबुवालाई समेत ओरियन्समा आवद्ध गराउनु भएको थियो ।

बहिनीले ४० हजार र हजुरबुवाले एक लाख २० हजार नगद संस्थाका सञ्चालकहरुलाई बुझाएको उहाँले बताइन् । ती सबै रकम बुझाएको महिना बित्दा पनि कुनै तलब नपाएपछि ठगी भएको बल्ल थाहा पाएको उनले सुनाइन् ।

युनिफर्मका लागि कोट, पाइन्ट र सर्ट किन्दा समेत अलग्गै रकम बुझाउनु भएकी उनले आफ्नो सम्पूर्ण रकम फिर्ता माग्दा उल्टै हप्की र धम्की व्यहोर्नु परेको गुनासो सुनाइन् । पाँच महिनापछि फुत्किएर काठमाडौं पुगेका उनी पनि ओरियन्सविरुद्ध कानूनी उपचार खोज्ने तयारीमा छन् ।

ओरियन्समा ४० हजार बुझाउनु भएकी इलामस्थित माइजोगमाई–३ नामसालिङकी रामकला श्रेष्ठले चार महिना काम गरेपछि सञ्चालकहरुसँग तलब माग्नुभयो । अरु दुई जनालाई संस्थामा नजोडेसम्म तलब नदिने भनेपछि उनले फैसा फिर्ता मागे ।

“तलब पनि हुँदैन, पैसा फिर्ता पनि हुँदैन भनेर मलाई हप्काएर पठाएँ,” उनले भनिन्–“चार महिना बस्दा उनीहरुले हामीलाई बन्धक जत्तिकै बनाएका थिए । होस्टल भन्दै एउटै कोठामा पन्ध्र जनासम्म कोचेर राख्थे । एउटै बिल्डिङको माथ्लो तलमा केटीहरुलाई र तल्लो तलामा केटाहरुलाई राख्थ्यो । घरमा फोन गर्दा पनि मोवाइल खोसिदिन्थे ।”

ओरियन्सको नेटवर्किङ बिजनेस धन्धामा लाखौं रकम बुझाएर ठगीको शिकार भएका युवाहरु पाँच सयभन्दा बढी संख्यामा रहेको खोटाङको बाक्सिला गाउँपालिका वडा नं. ४ की २० वर्षीया पीडित आशा राईले दावी गरिन् ।

अधिकांश पीडितहरु पहाडतिरका बेरोजगार अवस्थामा रहेका सोझा विद्यार्थीहरु रहेको र बाबुआमासँग जिरह गरेर ऋण काढेको रकम ओरियन्समा लगेर डुबाएको उहाँको भनाई छ । सुरुमा जागिर पाइने भनेर उत्साही बन्ने गरेका युवाहरुलाई दुई महिनापछि नै ठगिएको थाहा हुने भए तापनि आफ्नो लगानीको सुरक्षाका लागि अरु दुई जना सदस्य खोजेर लैजाँदा पीडित हुनेको संख्या झन् बढ्ने गरेको उनले बताइन् ।

झापामा ओरियन्सका धन्धा चलाउनेहरुले भिजन मल्टीपर्पोज कम्पनीको नाममा समेत युवाहरुबाट रकम असुली गर्दै आएको पाइएको छ । नेटवर्किङ गरेर सदस्यको संख्या बढाउने र जागिरको लोभ देखाएर ४० हजारदेखि एक लाख २० हजारसम्म रकम असुली गर्ने यी धन्धावालाले राजनीतिक संरक्षण समेत पाउने गरेका छन् ।

विभिन्न जिल्लाबाट रोजगारीको प्रलोभनमा रकम बुझाएर ठगीमा परेको गुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय झापाले ओरियन्सका गतिविधि निगरानी गर्न थालेको छ । प्रहरी उपरीक्षक दुर्गा रेग्मीले बिर्तामोडमा रहेका ओरियन्सका कार्यालयका केही कर्मचारीहरुलाई सोधपुछ गरिएको र उनीहरुको क्रियाकलाप निगरानी भइरहेको बताए । प्रहरी कार्यालयमा पीडितले अहिलेसम्म लिखित उजुरी भने नदिएको उनको भनाई छ ।

हाल झापाको बिर्तामोडमा रहेका ओरियन्सको कार्यालयले सञ्चालनमा ल्याएका तालिम केन्द्र र कथित होस्टलमा पाँच सयको हाराहारीमा विभिन्न जिल्लाका युवाहरु बसिरहेका छन् । छिटो उद्धार भएन भने उनीहरु पनि ठगिने निश्चित छ ।

गत माघ १४ गते विर्तामोडको हिमालसागर पार्टी प्यालेसमा ग्लोबल ओरियन्स नेपालले आफ्ना हजारभन्दा बढी सदस्यलाई तालिम सञ्चालन गरेको थियो । भारत र दुबईमा बसेर नेटवर्किङ धन्धा चलाइरहेका विभिन्न व्यक्तिहरुले उक्त कार्यक्रममा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा झापाका सांसद् र मेयर समेत अतिथिको रुपमा उपस्थित रहेका थिए । धरानका नगरप्रमुख हर्क साम्पाङले खानेपानी आयोजनाका लागि सञ्चालन गर्नु भएको श्रमदान अभियानमा समेत श्रमदान गर्न ग्लोबल ओरियन्सले युवाहरुलाई पठाएको पाइएको छ ।

पछिल्लो समाचार

कोरोना संक्रमणबाट ७८ वर्षीय पुरुषको मृत्यु

अघिल्लो समाचार

वडाको स्वास्थ्य शिविरमा ९२७ जनाको उपचार

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.