मेचीनगर, ३ बैशाख । उज्यालो नेपाल वर्दियाले बाहुनडाँगीका हात्ती पीडित किसानको अन्नबालीको बीमा गरिदिएको छ ।
उज्यालो नेपालका अध्यक्ष रमेश थापाले बाहुनडाँगीका ५० जना किसानको बाली बीमा गरिदिएका हुन् ।
उनले हालै बाहुनडाँगीमा एक कार्यक्रमकाबीच मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीलाई बीमा गरिदिएको कागजातहरु हस्तान्तरण गरेका थिए ।
हात्तीबाट किसानको अन्नबालीमा क्षति भएमा ८० प्रतिशत राज्यले व्यहोर्ने गरी उज्यालो नेपालको समन्वयमा सो बीमा गरिएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।
१५ प्रतिशत स्थानीय सरकार र ५ प्रतिशत स्थानीयबासीले व्यहोर्ने हो भने सय प्रतिशत किसानले बीमा पाउने अध्यक्ष थापाको भनाई छ ।
उनका अनुसार किसानले लगाएको तरकारी, फलफुल लगायतका अन्नबालीको हात्तीले क्षति गरे रिसकभर हुनेछ ।
सो बीमा र्यापिड रेस्पोन्स टिमका सदस्य, फेन्सिङ तारबारमा खटिने कर्मचारी लगायत स्थानीयको गरिएको कार्कीले बताए ।
मेयर बुढाथोकीले अब चाडैँ हात्ती, बाँदर, चितुवा लगायतका जीवहरुबाट अन्न बालीमा क्षति पुर्याए कृषकको बीमा गरिदिने बताए ।




Discussion about this post