३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विदेश हिडेका मेचीनगरका तीन महिला मुम्बईमा पक्राउ

बैशाख ४, २०८०, ८:४४ .सोमवार
0
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, ४ वैशाख । अवैध बाटो रोजेर विदेश हिडेका मेचीनगरका तीन महिलासहित ४ जनालाई भारतको मुम्बई प्रहरीले पक्राउ गरेको छ ।

भारत हुँदै अवैध रूपमा ओमन जान हिडेका मेचीनगरका तीन महिलासहित ४ जनालाई भारतको मुम्बई अन्तराष्ट्रिय एयरपोर्टको सहारा प्रहरी थानाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर–७, मदन वस्तीकी ३२ वर्षीया सुनिताकुमारी राजवंशी, २९ वर्षीया लीलकुमारी राजवंशी र ३२ वर्षीया देवन्ती ताजपुरिया तथा दाङ तुलसीपुरकी २२ वर्षीया मेधवी नेपाली रहेका छन् ।

मेचीनगरका तीनै जना महिलाहरु १० दिनअघि नेपालको पासपोर्ट बोकेर भारत हुँदै ओमन जाने भनेर घरबाट हिडेका थिए ।

दलालको फन्दामा परि आकर्षक तलब दिने भन्दै अवैध बाटो रोजी विदेश हिँडेका ती महिलाहरूलाई सहारा प्रहरी थानाले नो अब्जेक्सन लेटर (एनओसी) फेल भएको भनेर पक्राउ गरेको थियो ।

पछिल्लो समय भारतहुँदै तेस्रो देश जाने नेपाली नागरिकका लागि नेपाल सरकारले ‘नो अब्जेक्सन लेटर’ अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

दलालको निर्देशन बमोजिम ती महिलाहरू काँकरभिट्टा नाकाको बाटो हुँदै भारतको बागडुग्रा एयरपोर्टबाट मुम्बई पुगेका थिए । बागडुग्रा एयरपोर्टदेखि मुम्बईसम्मको एयरटिकट दलालले गरिदिएको थियो ।

यही ११ तारिख बेलुका मुम्बई उढने कुरा देवन्तीले उनका नक्सलवाडी बस्ने भान्जालाई फोन मार्फत जानकारी गराएका थिए । ती भान्जाले भोलिपल्ट फोन गर्दा फोन सम्पर्क हुन नसकेको बताइएको छ ।

१२ तारिख राति ११ वजे मदन वस्तीमा रहेका उनको मामाको फोनमा मेसेज आयो । मेसेजमा लेखिएको थियो–‘नो अब्जेक्सन लेटर फेल भएको कागज भेटेपछि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई छुटाउन मुद्दा लड्नु पर्छ चाडो आउनु होला ।’  उनीहरुलाई अहिले प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको छ । म्याद थप गरेर प्रहरीले हिरासतमा राखेको छ ।

‘सोधपुछको क्रममा दलालको फन्दामा परि विदेश हिडेको खुल्यो,’ माइती नेपाल काँकरभिट्टाका प्रमुख गोविन्द घिमिरेले भने, ‘दलालले उनीहरुलाई नेपाली पासपोर्टमा भारतको विमानस्थल प्रयोग गरी विदेश लान खोजेका रहेछन् । एनओसी लेटर भएपनि मिति गुज्रिएको कारण प्रहरीले पक्राउ गरेको छ ।’

पश्चिम घर बताउँने नक्सलवाडीका प्रेम जसवाल (दलाल)ले ती महिलाहरूलाई अवैध बाटो प्रयोग गरी विदेश पठाएको दावी छ । देवन्तीका श्रीमान दिलिप राजवंशीले श्रीमतीले विदेश गएका र वडा नम्बर ७ कै महिलाहरुसँग सम्पर्क भएपछि २ महिनाअघि दलाल जसवालसँग धुलाबारीमा भेटेर कुरा भएको बताए ।

भेटमा दलालले यहाँका धेरै महिलाहरु विदेश गइसके । अरु पनि जाने लाइनमा छन् । उहाँ (श्रीमती) लाई पठाउने हो भने पासपोर्ट बनाउनु । फ्रि भिषामा लान्छु । सेलेरी आएपछि २० हजार दिनु । सेलरी मासिक ४० हजार हुने छ । बाँकी कुरा वट्र्ससपमा गरौँ भनेर भारतीय नम्बरको मोटरसाइकल लिएर आएको राजवंशीको भनाई छ । उनले दलाल कहाँको हो, को हो राम्ररी नचिने बताए ।

राजवंशीका ३ छोरी र १ छोरा छन् । उनी आफै विरामी छन् । उनले केहि महिनाअघि मात्र घाटी र पित्तथैलीको अपरेसन गरेको बताए । मदन वस्तीमा २ वटा साना भिट्टा छन् । त्यो पनि सहारा नेपाल र ग्रामिण विकास बैँकमा धितोमा राखेको उनको भनाई छ ।

घरको अवस्था नाजुक भएपछि ऋण तिर्न र बाल बच्चाको पालन पोषणका लागि श्रीमतीलाई विदेश पठाएको थिए तर, मुम्बईमा पक्राउ परेको खवर सुन्दा दुःख लागेको उनले बताए ।

‘श्रीमतीलाई जाने बेलामा भएको १५ हजार नेपाली रुपैयाँ पनि दिएर पठाएको थिए’, उनले भने–‘ज्याला मजदुरी गर्ने मान्छे । मुम्बई गएर अदालतमा मुद्दा लड्न सक्ने अवस्था छैन । माइती नेपाल र प्रहरीले पहल गरिदिन आग्रह गर्दछु ।’ उनले आज माइती नेपाल र प्रहरीमा दलाल विरुद्ध उजुरी गर्ने भएका छन् ।

माइती नेपालका प्रमुख घिमिरेले दिल्लीमा रहेका हाम्रा कर्मचारीले प्रहरीसँग बुझ्ने काम गरिहेको बताए । ती महिलाहरुलाई विदेश पठाउने दलाल जसवाल अहिले फरार छन् ।

पछिल्लो समाचार

साहित्य चौतारीद्वारा चार प्राज्ञ सम्मानित

अघिल्लो समाचार

उद्योग व्यवसाय महासंघ बिर्तामोडको अध्यक्षमा निरौला

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.