२ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सुत्केरी मृत्यु प्रकरण

पत्रकार दुर्व्यवहार गर्नेलाई कारवाहीको माग

बैशाख ७, २०८०, ४:४२ .बिहिबार
0
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

दमक, ७ बैशाख । सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा उत्पन्न तनावको समाचार संकलन गर्न पुगेका दमकका तीनजना पत्रकार माथि प्रहरीको दुर्व्यवहार र दमक नगर प्रमुखको निर्देशनको घटना प्रति पत्रकारका संघ–संगठनहरुले विरोध गर्दै कारवाहीको माग गरेका छन् ।

सो घटनावाट अस्पतालमा उत्पन्न तनावको समाचार संकलन गर्न पुगेका पत्रकार माथि इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीद्वारा दुर्व्यवहार, वार्ता स्थलमा कसैलाई पनि आउन नदिनु भन्ने ओम मेची अस्पतालका सञ्चालक समेत रहेका दमक नगरपालिकाका मेयर राम थापाको निर्देशनको भत्सना गर्दै उनीहरुलाई कारवाहीको माग संगठनहरुले गरेका हुन् ।

दमक–७ स्थित ओम मेची अस्पतालमा दमक–१ निवासी रुवी साह (सुत्केरी आमा) को मृत्युपछि उत्पन्न परिस्थितिको नियन्त्रण गर्न डियुटीमा खटिएका प्रहरीको टोलीले बुधवार प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोगका सदस्य तथा प्रभावकारी न्युजका पत्रकार विष्णु पोखरेल, पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य तथा नयाँ पत्रिका दैनिकका पत्रकार चिरञ्जीवी घिमिरे र प्रेस चौतारी नेपाल झापाका साधारण सदस्य साथै हिमशिखर टेलिभिजन दमकका समाचार प्रमुख सुदिप अधिकारीलाई दुर्व्यवहार गरेको थियो ।

पत्रकार मञ्च दमकको कार्यालयमा जिल्लाका ५ वटा पत्रकारहरुको संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी बैठकले आज प्रहरी र नगर प्रमुख थापालाई कारवाहीको माग गर्दै घटनाको भत्सना गरेको हो ।

पत्रकार मञ्च दमक अध्यक्ष कमन देवान, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद विष्णु सुब्बा, प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापा अध्यक्ष मनकुमार गदाल, समाजवादी प्रेस संगठन झापा अध्यक्ष अनिलदेव राई र प्रेस मञ्च नेपाल झापा अध्यक्ष देशराज नेम्वाङले संयुक्त रुपमा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उनीहरुलाई कारवाहीको माग र घटनाको भत्सना गरेको छ ।

यस्तै नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तीमा पत्रकारको समाचार संकलन गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने प्रहरीको हर्कत स्वतन्त्र पत्रकारिताको खिलापमा रहेको उल्लेख गरिएको छ ।

महासंघका झापा शाखाका सचिव डिकेश लामाले जारी गरेको विज्ञप्तीमा आम नागरिकलाई सुसुचित गर्ने जिम्मेवारी लिएका पत्रकारलाई समाचार संकलनमै रोक लगाउनु दुःखद भन्दै स्वतन्त्र प्रेसको मर्यादालाई ख्याल गर्न प्रहरीलाई सचेत गराइएको छ ।

नेपालको संविधान ०७२ को प्रस्तवनामा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान र पालना गर्न गराउन हामी स्थानीय सरकारका प्रमुख, प्रहरी प्रशासन तथा अस्पताल प्रशासनसँग जोडदार माग गर्दछौं–विज्ञप्तिमा भनिएको छ ।

ओम मेची अस्पतालमा भर्ना भएकी उच्च रक्तचापको विरामी साहको मृत्यु भएपछि उनका परिवार र आफन्तजनले चिकित्सकको लापरवाहीका कारण ज्यान गुमाउनु परेको मृतकका परिवारको आरोप छ । अस्पतालले अन्तिम अवस्थामा रेफर गरेको भन्दै साह परिवारले पुनःगल्ती नदोहोर्याउन प्रतिवद्धताको माग समेत गरेको छ ।

 

पछिल्लो समाचार

घाँटी किन खसखस गर्छ ?

अघिल्लो समाचार

भारतीय सेनामाथि आक्रमण, पाँचको मृत्यु

Related Posts

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान
banner -1

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान

कार्तिक २९, २०८२, ४:३४ .शनिबार
ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित
banner -2

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

कार्तिक २९, २०८२, १:५८ .शनिबार
एमालेले देखायाे देशभरी शक्ति
banner

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.