१६ जेष्ठ २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

घाँटी किन खसखस गर्छ ?

बैशाख ७, २०८०, ४:०३ .बिहिबार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter
डा.अरुण केसी ।

घाँटी खसखस गर्ने समस्या जोकोहीले भोगेकै हुन्छन् । बढ्दो प्रदूषण र मौसमी फेरबदलका कारण घाँटीमा खसखस गर्ने समस्याले धेरैलाई सताएको पाइन्छ ।

वायु प्रदूषणका कारण धुलो हाम्रो शरीरभित्र प्रवेश गर्छ र त्यसलाई शरीरले ग्रहण गर्न नसक्दा एलर्जी हुन्छ । जसका कारण घाँटी खसखस गर्न थाल्छ ।

एलर्जी हुँदा घाँटी खसखस गर्दै, चिलाए जस्तो हुने, हुँदै लगातार खोकी समेत आउन सक्छ । जसले घाँटी, नाक र श्वासनलीको कोषलाई असर गर्छ । प्रदूषणले सीओपीडी, दम तथा मुटु भएकोमा स्वास्थ्य समस्या पनि ल्याउन सक्छ ।

यो समस्या आफैंमा रोग होइन

घाँटी खसखस गर्नु कुनै रोग भने होइन । तर धेरै रोगको सुरुवाती लक्षण भने हुन सक्छ । प्रदूषणले गराउने एलर्जी बाहेक घाँटी खसखस गर्ने विभिन्न कारण हुन्छन् । यो सामान्य स्वास्थ्य समस्यादेखि जटिल रोगको संकेत पनि हुन सक्छ ।

जाँडरक्सी, चुरोट, चिसो खानेकुरा र धेरै मात्रामा चिल्लो पिरो खाँदा पनि घाँटीमा खसखस हुन सक्छ । घाँटीको किलकिलेको पछाडिको भागमा सुन्निने र त्यसको वरिपरि टन्सिलाइटिस हुँदा पनि खसखस हुन्छ । क्रोनिक साइनोसाइटिस जसमा नाकमा पिनास हुने व्यक्तिमा नाकबाट तरल पदार्थ बग्दै घाँटीतर्फ आउने हुँदा पनि त्यसले घाँटीमा खसखस हुन सक्छ ।

पाचनप्रणालीमा समस्या हुँदा मुखमा अमिलो पानी आइरहने बिरामी, ग्यास्ट्रिकको समस्या हुनेलाई पनि घाँटी खसखस हुन्छ । कहिलेकाहीं कुनै शारीरिक समस्या नभएका तर मानसिक तनाव हुँदा पनि यस्तो समस्या हुन्छ ।

उच्च रक्तचापको औषधि लामो समयसम्म खाने व्यक्तिमा पनि घाँटी खसखस गर्न सक्छ । पिनास, खानानलीमा ट्युमर हुँदा, घाँटीमा क्यान्सर हुँदा घाँटी खसखस गर्छ ।

परीक्षण

घाँटी खसखस गर्ने एउटा मात्र कारण नहुने भएकाले लक्षण अनुसार परीक्षण गरेर मात्र रोगको एकिन गर्न सकिन्छ । खसखस हुनुको कारण थाहा पाउन इण्डोस्कोपी गरेर हेरिन्छ । कसैमा एलर्जी हुँदै पिनास हुन सक्छ, त्यसको पनि जाँच गरिन्छ । कतिपय अवस्थामा फङ्गस इन्फेक्सनको कारण पनि घाँटी खसखस गर्ने हुँदा त्यो पत्ता लगाउन सिटीस्क्यान गरेर हेर्ने गरिन्छ । परीक्षण गर्दा कुनै पनि कारण पत्ता नलागेको खण्डमा मनोपरार्शदातासँग परामर्श लिनुपर्छ ।

उपचार

कहिलेकाहीं घाँटी खसखस गरेको एक–दुई दिनमा आफैं ठीक हुन्छ, तर लामो समयसम्म घाँटी खसखस गरेर दुखिरहेको छ भने चिकित्सकलाई देखाएर उपचार गर्नुपर्छ ।

ग्यास्ट्रिकको कारणले घाँटी खसखस गरेको भए ग्यास्ट्रिककै उपचार आवश्यक हुन्छ । एलर्जीको कारणले हो भने त्यसैको उपचार गर्नुपर्ने हुन्छ । यसमा ध्यान दिनुपर्ने कुरा के हो भने क्षणिक रुपमा खाइने औषधिले शरीरमा रोग निम्त्याउने, रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले जथाभावी रुपमा औषधि किनेर खानु हुँदैन ।

सुरुवाती अवस्थामै यसको उपचार नगरेको खण्डमा दम, ब्रोङकाइटिस, निमोनिया, फोक्सोमा समस्या देखिन सक्छ ।
बच्ने उपाय

घाँटी खसखस गर्ने समस्याबाट बच्न वरपरको वातावरण र खानेकुरामा विशेष ख्याल राख्नुपर्छ । प्रदूषित ठाउँमा धेरै नबस्ने, बस्नुपर्ने अवस्थामा मास्कको प्रयोग गर्नुपर्छ । घाँटी खसखस गर्दा मनतातो पानीले कुल्ला गर्दा अलि कम हुन सक्छ ।

भाइरल संक्रमण भएका व्यक्तिको वरपर नजाने, धुम्रपान र मदिरा नगर्ने, चिल्लो, पिरो धेरै नखाने, फ्रिजमा राखिएको फलफूल वा जुस कम खाने गर्दा पनि यो समस्या कम हुँदै जान्छ ।

एलर्जी भइराख्ने बिरामी र अमिलो पानी घाँटीमा पुग्दा अमिलो डकार आउनेजस्ता कारणले पनि घाँटी खसखस हुन सक्छ । यसको लागि ग्यास्ट्रिक सम्बन्धी विशेषज्ञको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।

(डा.केसी वीर अस्पतालका नाक, कान तथा घाँटीरोग विभागका सिनियर कन्सलट्यान्ट सर्जन हुन् ।)
(अनलाइन खवर)

पछिल्लो समाचार

कोरोना संक्रमित बढ्दै, आज एकैदिन १०३ जना

अघिल्लो समाचार

पत्रकार दुर्व्यवहार गर्नेलाई कारवाहीको माग

Related Posts

झापा कारागारका २७ कैदीबन्दीको कैद मिनाह
banner -2

झापा कारागार : एकजना कैदबन्दीकाे उपचारका क्रममा मृत्यु

जेष्ठ ९, २०८३, ६:०१ .शनिबार
सूर्याेदय स्कुलमा अभिभावकलाई स्वास्थ्य उपचार सम्बन्धि सचेतना
banner

सूर्याेदय स्कुलमा अभिभावकलाई स्वास्थ्य उपचार सम्बन्धि सचेतना

जेष्ठ ८, २०८३, १:५९ .शुक्रबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु
box -3

मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु

बैशाख ५, २०८३, ८:१३ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.