झापा, ७ वैशाख । दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
अहिलेसम्म देशभरी संक्रमितको संख्या ३९७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६४५ नमूनामध्य ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २६ जना, आईसीयूमा ८ र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।
यस्तै कोरोना संक्रमणबाट आज मात्र ६१ जना निको भएर घर फर्किएका छन् । संक्रमण बढेसँगै मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा अनुरोध गरेको छ ।
Discussion about this post