४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ओमसाई पाथिभरा अस्पताल

मृगौला डाइलासिस सेवा ६ जिल्लामा विस्तार

बैशाख ७, २०८०, ५:२५ .बिहिबार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

झापा, ७ बैशाख । भद्रपुर स्थित ओमसाई पाथिभरा अस्पतालले मृगौलाको विरामीलाई सर्वसुलभ रुपमा डाइलासिस सेवा उपलब्ध गराउन ६ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ ।

भद्रपुर–७ मा रहेको एकसय शैयाको उक्त अस्पतालले झापा, सुनसरी, सिराहा, रुपन्देही, महोत्तरी र काठमाडौंमा डाइलासिस सेवा केन्द्र स्थापना गरेको अस्पतालका अध्यक्ष दिपक पोखरेलले बताए ।

सबै जिल्लामा गरी अस्पतालले ९५ वटा अत्याधुनिक सुविधायुक्त डाइलासिस मेसिन जडान गरेको छ । झापाको भद्रपुर र सिराहाको लहानमा उपचार सेवा सञ्चालन गरिसकेको छ । अन्य स्थानमा सम्पूर्ण उपकरण जडान गरिसकेको जनाउँदै उनले निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

मृगौला खराब भएपछि चिकित्सकहरुले नयाँ मृगौला प्रत्यारोपण नहुञ्जेलसम्म बिरामीलाई मेसिनबाट रगत शुद्धिकरण गर्ने उपचार पद्धतिको रुपमा रहेको डाइलासिस सेवा लिन सिफारिस गर्दै आएका छन् । तर, विरामीको बढ्दो चाप र डाइलासिस सेवा केन्द्रको अभावका कारण कयौँले अति आवश्यक परेका बेला सेवा पाउन सकिरहेका छैनन् ।

‘डाइलासिस गर्नै पर्ने अवस्थाका विरामीहरुले सेवा पाउन पालो कुर्नु पर्ने देखेपछि हामीले मृगौलाका विरामीका लागि डाइलासिस गर्न सहज सुविधा पुगोस् भनेर सेवा केन्द्रलाई विभिन्न जिल्लामा विस्तार गरेका हौं,’ ओमसाई पाथिभरा अस्पतालका अध्यक्ष पोखरेल भन्छन्–“विशुद्ध मानवीय सेवाको भावनाले डाइलासिस उपचारमा लगानी गरेका छौं । यसमा नाफा र घाटाको कुनै मतलब राखेका छैनौं ।’

अस्पतालले झापामा सबैभन्दा धेरै क्षमताको डाइलासिस सेवा वर्षौदेखि प्रदान गर्दै आएको छ । अस्पतालका प्रमुख प्रशासक दिप पौडेलका अनुसार भद्रपुरमा १९ वटा डाइलासिस मेसिन सञ्चालन गरेर मृगौलाका विरामीलाई अस्पतालले सेवा प्रदान गरिरहेको छ ।

झापाकै दमकमा १० वटा, सुनसरीको इटहरीमा १४ वटा र सिराहाको लहानमा १६ वटा डाइलासिस मेसिन जडान गरिएको छ । लाहानको सेवा केन्द्रमा विरामीको चाप धान्न मुस्किल परेको कारण मेसिन थप्ने तयारी भइरहेको पौडेलले बताए ।

महोत्तरीको बर्दिवासमा १० वटा, रुपन्देहीको बुटवलमा १२ वटा र काठमाडौंको नेपाल–भारत मैत्री अस्पतालमा १४ वटा डाइलासिस मेसिन ओमसाईले जडान गरेको छ ।

भद्रपुरमा पहिल्यैदेखि सञ्चालनमा रहेको डाइलासिस उपचार सेवा निःशुल्क उपलब्ध रहेको छ । नेपाल सरकारले नै त्यहाँ उपचार गर्ने विरामीहरुको सेवा शुल्क तिरिदिने व्यवस्था गरेको छ ।

हाल मृगौलाका ४३ जना महिलासहित १३१ जना विरामीले भद्रपुर स्थित ओमसाईबाट नियमित डाइलासिस उपचार सेवा पाइरहेको असपतालका व्यवस्थापक मनोज दाहालले बताए ।

‘एउटा विरामीलाई एकपटक डाइलासिस गराउँदा चार घण्टा समय लाग्छ,’ अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले भने–‘जटिल अवस्थाका मृगौलाका विरामीले हप्तामा तीन पटकसम्म निःशुल्क डाइलासिस गरिरहेको अवस्था छ ।’

पछिल्लो समाचार

टोलका अध्यक्षले भने–‘जनप्रतिनिधि र कर्मचारी सुध्रनु पर्छ’

अघिल्लो समाचार

कोरोना संक्रमित बढ्दै, आज एकैदिन १०३ जना

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.