झापा, १० बैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिव ६० प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार तनहुँ–१, बारा–२ र चितवन–२ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
आयोगका अनुसार तनहुँ–१ मा ५३, बारा–२ मा ६४ प्रतिशत र चितवन–२ मा ६३ प्रतिशत मतदान भएको छ ।
४ मंसिरमा भएको निर्वाचनमा तनहुँ–१ मा ५४.०३ प्रतिशत, बारा २ मा ६३.५६ र चितवन २ मा ६७.६३ प्रतिशत मतदान भएको थियो ।
तीनवटा निर्वाचन क्षेत्रमा गरी तीन लाख ५३ हजार २४७ मतदाता थिए ।
Discussion about this post