झापा, १२ वैशाख । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित पक्का पक्की भएको छ ।
करिब १२ हजार मतगणना बाँकी हुँदा लामिछाने ३७ हजार भन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् ।
लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेद्वार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेद्वार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत प्राप्त गरेका छन् ।
रविको जित लगभग सुनिश्चित भएपछि कांग्रेस उम्मेद्वार श्रेष्ठले मतदाताको दुःख, सुखमा विगतको भन्दा अझै सशक्त ढंगले लाग्ने बताए ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन २ बाटै निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण उनको सांसद पद गुमेपछि उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचनमा पनि उनले भारी मतअन्तरले जित दोहोर्याउने पक्का पक्की भएको छ ।
Discussion about this post