झापा, १२ बैशाख । चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।
अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेद्वार जितनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे । दुई जनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।
एमालेबाट उम्मेद्वार बनेका रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याएर तेस्रो बने । मंसिर ४ को चुनावमा रविले ४९ हजार ३ सय मत प्राप्त गरेका थिए ।
जहाँ नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए भने एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६५४ मत पाएर तेस्रो भएका थिए । लामिछानेले ३४ हजार ३१२ मतको भारी मतान्तरले जितेका थिए ।
नागरिकता सम्बन्धी विवादमा दोषी ठहर भएपछि सांसद पद गुमाएका उनले उपनिर्वाचन मार्फत प्रतिनिसभामामा पुनः इन्ट्री मारेका छन् ।
उनले गत संसदीय चुनावमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको सर्वाधिक मतको रेकर्ड तोडेका छन् । ओलीले झापा ५ बाट ५२ हजार ३९१ मत प्राप्त गरेका थिए । लामिछानेले त्यसलाई तोड्दै सर्वाधिक लोकप्रिय मत ल्याएर जित हासिल गरेका हुन् ।




Discussion about this post