झापा, १२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसपटक झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए ।
उनका अनुसार बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।
गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन ।
यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । यो अभियान वैशाख १० गते सकिएको छ ।
Discussion about this post