मेचीनगर, १३ बैशाख । दनुवार जागरण समिति झापा र मेचीनगरकाे संयुक्त आयोजनामा धुलाबारीमा यहि बैशाख १६ गते एकदिवसीय दनुवार जाति तथा कला सांस्कृतिक महाेत्सव हुने भएको छ ।
आज धुलाबारीमा दनुवार जागरण समितले पत्रकार सम्मेलन आयोजना गरेर साे कुरा जानकारी गराएकाे हाे ।
दनुवार जागरुक समितिका अध्यक्ष श्याम दनुवारले झापाकाे मेचीनगरमा पहिलाे पटक जातिय पहिचान, भेषभुषा, कला र संस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले एकदिने महाेत्सव आयोजना गर्न लागिएको बताए ।
मेचीनगर-१०, धुलाबारी स्थित पुरानाे पशुहाट बजारमा हुने महाेत्सवमा कला र सांस्कृतिकका साथै खाध्यन्नका परिकारहरू प्रदर्शनीमा राखिने जनाएकाे छ ।
महाेत्सवमा कलाकार विनाेद दनुवारकाे पनि वेजाेड प्रस्तुती रहनेछ ।
खाध्यन्न परिकारहरूमा वगिया, घुङ्गी, माछा, लाइकाे लड्डु प्रदर्शनीमा राखिने आयोजकले जनाएकाे छ ।
त्यस्तै साेहि अवसरमा दनुवार समुदायका ज्येष्ठ नागरिकलाई सम्मान र रक्तदान कार्यक्रम समेत हुनेछ ।
महाेत्सवमा आफनै समुदायका ७०० जनाले अवलाेकन गर्ने जनाएकाे छ । झापामा साे समुदायका करिव १२०० जना बसाेबास रहेकाे छ ।
तीन लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएकाे महाेत्सवमा स्थानीय सरकार, विभिन्न संघसंस्था र आफ्नै समुदायबाट सहयाेग जुटाइने अध्यक्ष दनुवारले बताए ।
आगामी मंसिरमा दनुवारकाे राष्ट्रिय पर्व नेमाङ पर्वकाे पुर्व तयारीका लागि पनि याे प्रथम महाेत्सव सुरू गरिएको बताइएकाे छ ।
महाेत्सवकाे प्रमुख अतिथिका रूपमा दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष रामकुमार सिंह दनुवार आउने भएका छन् ।
पत्रकार सम्मेलनमा दनुवार समितका झापा अध्यक्ष श्याम दनुवार, मेचीनगर अध्यक्ष माेहन दनुवार, नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरू, फाेनिज झापाका पूर्व सचिव अमित खम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमकाे सञ्चालन दनुवार जागरण समिति झापाकी सल्लाहकार अग्निमाया मेचेले गरेकी थिइन् ।
Discussion about this post