बुधवारे, १३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रमस्थल बाहिर प्रदेशको नाम कोशी राखिएको विरोधमा पहिचानवादी समूहले कालो झण्डा देखाएका छन् ।
आज एमाले बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सम्बोधन गर्दा कोशी प्रदेशको विरोधमा पहिचानवादी समूहले बाहिर कालो झण्डा देखाए ढुंगामुडा गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
सो क्रममा प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएको बताइएको छ ।
‘खेतको पाटो होस् या बारीको पाटो, शहर, गाउँवस्ती, देश विदेश सबै क्षेत्रमा एमाले पुगेकोछ’, अध्यक्ष ओलीले भने, “जतिसुकै हमला गरे पनि एमाले अरुभन्दा अलिकति अगाडि र अग्लो छ ।
उनले पार्टीका नेतृत्व र कार्यकर्ता भित्र भएका असन्तुष्टीहरुलाई पार्टीभित्रै छलफल र सम्बाद गरेर समाधान गर्न आग्रह गरे ।
उनले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुटमार्फत तीब्र बनाउन सबै कार्यकर्तालाई आग्रह गरे ।
उनका अनुसार देश बनाउने अभियान हाम्रो काँधमा छ । विकास, सुशासन र राष्ट्रिय एकताको अभियानमा जुटौं, पार्टीलाई बलियो बनाऔं मद्दत गरौँ ।
Discussion about this post