मेचीनगर, २५ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले देशको अवस्था नाजुक हुँदै गएकोले यसवर्ष बजेटको आकार घटने बताएका छन् ।
आइतबार विराटनगरको इस्टन स्टार होटलमा आयोजित आठौँ पत्रकारिता दिवस तथा सम्मान कार्यक्रममा पत्रकारहरुलाई मुख्यमन्त्री कार्कीले यसवर्ष बजेटको आकार घटने जानकारी गराएका हुन् ।
‘दातृ राष्ट्रको २ खर्व ऋण तिर्नु पर्नेछ’, मुख्यमन्त्री कार्कीले भने –‘३ महिनादेखि देशमा तरलता छ । राजश्व घटेको अवस्था छ । त्यसैले यसवर्ष बजेट घट्छ ।’
‘यसवर्ष बजेट घटने भएकाले मैले पेट्टै बोल्ने अवस्था छैन’, उनले भने–‘अहिले छाती खोलेर धेरै काम गर्न सक्दैनौँ । अब राजश्व बढाउने । उत्पादन बढाउने लगायतका वस्तुमा बढी नीति तथा कार्यक्रमहरु प्रस्तुत हुनेछ ।’
सोमबार आर्थिक वर्ष २०७९÷८० को दोस्रो र तेस्रो त्रैमासिक प्रतिवेदन प्रस्तुत एवम् आगामी आर्थिक वर्ष २०८०÷८१ को योजनाका बारेमा छलफल चलिरहेको बताइएको छ ।
Discussion about this post